राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सिन्धुली–१ का एमाले उम्मेदवार प्रदीपका ८ बाचा
सिन्धुली । नेकपा एमालेबाट सिन्धुली क्षेत्र नं. १ बाट उमेदवार बनेका प्रदीप कुमार कटुवालले आठबुँदे बाचा पत्र सार्वजनिक गरेका छन् । उनले जनताको माझमा मत माग्न जाँदा बाचापत्र सहित घरदैलोमा पुगेका छन् ।
क्षेत्र नं. १ को शैक्षिक विकास, भौतिक विकास (सडक, विद्युत, खानेपानी, सिंचाई, सञ्चार) र स्वास्थ्य क्षेत्रको विकासमा अहोरात्र खटिने र जनताले सहजै भेट्न सक्ने नेताका रुपमा छवी बनाएका कटुवालले सुशासन, विकास र स्थायीत्वका लागि आफुलाई विजयी गराउन उक्त वाचा पत्रमा उल्लेख गरेका छन् ।
उनले संमृद्ध सिन्धुलीका लागि पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीको दृष्टिले नमुना क्षेत्रका रुपमा विकास गर्ने संकल्प सहित चुनावी मैदानमा उत्रेका छन् ।
उनले ८ वटा एजेण्डा अघि सारेका छन् । जसमा सडक तथा भौतिक पूर्वाधारतर्फ हरेक वडामा कालोपत्रे सडक सञ्जाललाई प्राथमिकता दिएका छन् । प्रमुख रणनीतिक सडकहरुको कालोपत्रे, सबै वडामा पुग्ने सडक कालोपत्रे, आवश्यक स्थानमा पक्कि पुल, चँदाहा, कमला, तावामा नदी नियन्त्रण, करिडोर निर्माण र तटबन्धन, सुनकोशी मरिण डाईभर्सन समयमै सम्पन्न गर्न विशेष पहल, खुर्कोट चियावारी सुरुङमार्ग निर्माणमा पहल, सञ्चार विद्युतको पहुँचमा नपुगेका सबै जनतालाई पहुँचमा पु¥याउने प्रतिवद्धता छन् ।
यस्तै कटुवालले पर्यटन प्रवद्र्धनमा स्थानीय सम्पदालाई राष्ट्रिय आकर्षण बनाउने योजना अघि सारेका छन् । जसमा फिक्कलडाँडा, गोलञ्जार डाँडा, मधुगंगा महादेव, सिम्ले गुफा लगाएतका धार्मिक, प्राकृतिक स्थलहरुलाई पर्यटकीय हवका रुपमा विकास गर्ने, सुनकोशी नदीलाई जलविहार गन्तव्यका रुपमा विकास गर्ने धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार, दनुवार संस्कृतिको संरक्षण तथा दनुवार संग्रहालयको स्तरोन्नतीलाई प्राथमिकता दिईएको छ ।
उनले कृषि तथा रोजगारीतर्फ एक गाउँ, एक उत्पादन–आत्मनिर्भर क्षेत्रको योजना अघि सारेका छन् । जसमा चक्लाबन्दी र व्यवसायीक कृषि, जुनार, सुन्तला, किवी, ड्रागनफ्रुट लगाएतका फलफूलको व्यवसायीकरण, आँप लिचि, केरा, ओखर, एभोकाडो,मेकाडेमिया नट लगाएतका फलफूल र तरकारी खेतिमा विशेष कार्यक्रम, मल, विउ, सिंचाई र बजार व्यवसथापन, जुनार उत्पादन क्षेत्रमा सडक सञ्जालको सहज पहुँच, पशुपालन, जडिबुटी खेति, माछा पालनबाट रोजगारी सृजना लगाएका व्यवस्थाका लागि बाचा गरेका छन् ।
स्वास्थ्यमा सुलभ, गुणस्तरीय र भरोसायोग्य सेवालाई उठान गरेका छन् । सबै पालिकामाम १५ सैयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापन उनको प्राथमिकतामा छ । दुधौली नगर अस्पताललाई पचास शैयाको प्रादेशिक अस्पताल बनाउने, स्वास्थ्य चौकीमा दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन, स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयन र जटिल रोगको सर्वसुलभ उपचार, सुरक्षित मातृत्व, वर्थिङ सेन्टर सुदृढीकरण र बालमृत्युदर न्युनिकरण गर्ने, सिमान्तकृत, दलित, असहाय र अपांगता भएका व्यक्तिहरुलाई विशेष स्वास्थ्य कार्यक्रम उनको बाचामा रहेको छ ।
शिक्षामा गुणस्तरीय प्रविधि र प्रतिस्पर्धि जनशक्तिको अवधारणा अघि सारेका छन् । सुशासन, कानुन र सामाजिक न्याय कटुवालको प्राथमिकतामा छ । शिक्षा, स्वास्थ्य, भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी, मुसहर तथा विपन्न वर्ग, हात्ति प्रभावित क्षेत्र, चुरे तथा महाभारत क्षेत्रका भुक्षय नियन्त्रण, औधोगिक क्षेत्र स्थापना, लघु घरेलु उद्योग प्रवद्र्धन समेटिएका छन् ।
यस्तै कृषि, साना व्यवसाय, पर्यटन मार्फत रोजगारीका योजना पनि उनले अघि सारेका छन् । उनले सीपमूलक र प्राविधिक शिक्षालाई समेत जोड दिएका छन् । पाँच वर्षमा गर्ने कामको बाचासहित उनी चुनावी मैदानमा होमिएका छन् ।
The post सिन्धुली–१ का एमाले उम्मेदवार प्रदीपका ८ बाचा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....