npl.977 Nepal News Stream

#नेकपा (संयुक्त)

Himal Press logo Himal Press

‘जनताको मात्रै धन्दा गर्ने पार्टी भएन, हामी बनाउछौँ’

Dhairya Kanta Dutta 22 hours ago

बुटवल– नेकपा एकीकृत समाजवादी पुर्नगठन अभियानमार्फत नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष बनेका घनश्याम भुसाल गृह जिल्ला रूपन्देही आएर छलफलमा जुटेका छन्।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीसहितका पार्टी एकताबद्व भएर नेपाली कम्यूनिष्ट पार्टी गठन भएपछि त्यसप्रति असहमती जनाउँदै नेकपा संयुक्तका कार्यवाहक भएपछि भुसाल गृहजिल्ला रूपन्देही पहिलोपटक आएर छलफलमा जुटेका हुन्।

रूपन्देहीमा नेकपा एसको तत्कालीन अध्यक्ष, उपाध्यक्ष सचिवसहितको टिम भुसालकै साथमा रहेको छ।

शनिबार बुटवलमा लुम्बिनी र रूपन्देहीको संयुक्त भेलालाई कार्यवाहक अध्यक्ष भुसालले सम्बोधन गर्दै मुलुकमा अझै भयावह अवस्था आउन सक्ने भन्दै जनताको वाहेक अरू धन्दा नगर्ने पार्टी बनाउने अभियानमा होमिएको बताए।

‘अहिले दुई सयकै हाराहारीमा पार्टी पुगे होलान्, तर, जनताको वाहेक अरू धन्दा नभएको पार्टी भएनन्,’ उनले भने।

कार्यवाहक अध्यक्ष भुसालले नेपालका पार्टीहरूले सत्ताका लागि जनताको गफ गरेर दलाल र विचौलियासँग संगत गरेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा बनेको बेला चुच्चे रेल र भ्यू टावरको गफ गरेर जनतामा आक्रोश जन्मिएको बताए।

‘ओलीजी अझै सत्ता छोड्दाको छटपटीमा हुनुहुन्छ, प्रचण्ड माधव झलनाथहरू पनि त्यही सत्ताकै लागि एकठाउँ हुनुभएको छ, यसले मुलुकको निकास दिँदैन,’ उनले भने, ‘क्रान्तिकारी आन्दोलनको कार्यक्रमविनाको एकता भएन, सत्ता वा कसैको रिसले सही ठाउँमा पुग्न सक्दैनौँ।’

उनले तत्कालका लागि नभई भविष्य र जनताको मात्रै धन्दा गर्नका लागि नेकपा संयुक्तले काम गर्ने बताए। उनले कम्यूनिष्टका नामम दलाल पुजीवादीहरूसँग साँठगाँठ गरेर काण्ड मच्चाउनेहरूसँग नेपाली जनता सचेत हुनुपर्ने बताए।

अध्यक्ष भुसालले देशमा बेरोजगारी समस्याले छोराछोरी विदेश गएको, अर्थतन्त्र तहसनहस भएको, दलहरू विभिन्न काण्डमा मुछिएका घटनाले आजित हुँदा जेनजी प्रर्दशन भएको बताए। अहिले दलहरू फागुन २१ को चुनावको पक्षमा नरहेको तर, चुनाव नभए मुलुक झन संकटमा जाने उनले बताए।

भुसालले यी तमाम समस्याकैबीच जनताको मुद्दा उठाउन आफुहरू जुटेको बताए।

भेलाले हरी पराजुलीको संयोजकत्व र कृष्णबहादुर गुरूङ्गको सहसंयोजकत्वमा एकता राष्ट्रिय सम्मेलन आयोजक कमिटि गठन गरेको नेकपा (संयुक्त) का नेता नन्द बन्जाडेले बताए।

यसैगरी तत्कालीन नेकपा (एस) रूपन्देहीका अध्यक्ष हिराध्वज शाहको संयोजककत्व, अबिराम बिक र मीरा श्रेष्ठ सहसंयोजक रहेको ६५ सदस्यीय नेकपा (संयुक्त) रूपन्देही जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। भेलामा लुम्बिनी प्रदेश र रूपन्देही जिल्लाका नेताहरूको उपस्थिति रहेको नेता श्रीराम यादवले बताए।

Explore by Source or Category