npl.977 Nepal News Stream

#नारी सुरक्षा जीवन बीमा

Himal Press logo Himal Press

‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक

Keshav Rana Chhetri 12 hours ago

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको छ। ‘एकै योजना बहु–लाभ! सबै नारीका लागि सजिलो पहुँच!’ नाराका साथ सार्वजनिक गरिएको योजना हो।

‘महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो। यस योजनाको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमांकको आधारमा नगद सुविधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभ: मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्ने कम्पनीको विश्वास छ।

समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपालमै पहिलो पटक नारी लक्षित महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ। नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्ने कम्पनीको विश्वास छ।

समग्र नारीकै लागि बनेको योजना भएपछि उनीहरूको लागि विशेषरूपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलतासम्बन्धी पूरक करार सुविधा ल्याएको हो।

गर्भावस्था जटिलतासम्बन्धी पूरक करार सुविधाअनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करारभित्र पर्ने ११ वटा गम्भीर गर्भावस्थासम्बन्धी जटिलतामध्ये कुनै पनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख तुरुन्तै उपलब्ध हुने कम्पनीले जनाएको छ।

गर्भावस्था स्याहारसम्बन्धी अतिरिक्त पूरक करार सुविधाअन्तर्गत बीमा अवधिभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि एक पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २ लाख ५० हजार र अधिकतम बीमांका रकम आयश्रोतको आधारमा गर्न सकिनेछ। कम्पनीका अनुसार यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ। यस योजनासँगै विभिन्न ऐच्छिक पूरक करार सुविधा पनि लिन सकिन्छ। दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा, बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिने कम्पनीले जनाएको छ।

Explore by Source or Category