npl.977 Nepal News Stream

#गगनकुमार थापा

Contents
Himal Press logo Himal Press

‘भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता कांग्रेसले हेर्दैन’

Keshav Rana Chhetri 13 hours ago

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताएका छन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भने, ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन। जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन।’

उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए। सभापति थापाले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए। उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

उनले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गर्नुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताए। उनले भने, ‘सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ।’

सभापति थापाले डिजिटल सार्वजनिक सेवा सातै दिन, २४सै घण्टा र सेवामा ढिलासुस्ती भएमा नागरिकलाई क्षतिपूर्तिलगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए।

नेपाल न्युज logo नेपाल न्युज

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः सभापति थापा

नेपाल न्युज 18 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रितसम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताएका छन्।

फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको उल्लेख गरेका छन्। विसं २००७ को ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको गौरवमय दिनका उनले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

“कात्तिक २६, २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइनस आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा यसले अग्रगामी मार्ग प्रशस्त गरेको थियो,” सभापति थापाले उल्लेख गरेका छन्,“मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो । प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार पनि यही दिनले निर्माण गर्यो।”

उनले राष्ट्रिय स्वाधिनता र नागरिक अधिकार लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा अनेकौ सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका गरेका छन्।

सभापति थापाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रुपान्तरण गर्न सक्यौँ भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने सहिदहरुप्रति सच्चा सम्मान प्रकट हुने बताएका छन्।

लोकतन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहीदप्रति श्रद्धासुमन अर्पण गर्दै सभापति थापाले उनीहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गरेका छन्।

Himal Press logo Himal Press

प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला बहस गर्दै गगन थापा

Kiran Poudel 22 hours ago

काठमाडौँ- नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने भएको छ। हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्न लागेका हुन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रम राखिएको छ । कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रश्न लिनु अघि सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने गराउनेछन्। प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।

Explore by Source or Category