npl.977 Nepal News Stream

#खेल

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

आभाको आत्मघाती गोलको दुर्भाग्य, जावलाखेल फाइनलमा

विजय नेपाल 7 hours ago

पोखरा । आत्मघाती गोलको दुर्भाग्य एवं विपक्षी १० खेलाडीमा सीमित हुँदाको अवसर क्याच गर्न नसक्दा उज्वेकिस्तानको फुटबल टिमले २५ औं आहा रारा पोखरा गोल्डकपको यात्रा सेमिफाइनलबाटै टुंगाएको छ ।

पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबसँगको प्रतिस्पर्धामा आभा फुटबल क्लब १–० गोलअन्तरले फाइनल पुग्नबाट वञ्चित बनेको हो ।

यता, आहा रारा गोल्डकपमा १४ वर्षपछि फाइनलमा पुगेको जावलाखेलले अब शनिबार आयोजक सहारा क्लब पोखरासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

बिहीबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, पाहुना टोलीका लागि ५२ औंं मिनेटमा आभा आत्मघाती गोलको शिकार हुनु नै दुर्भाग्य बन्यो । विपक्षी धमेन्द्र कुँवरले गरेको क्रस प्रहार रोक्ने क्रममा आभाका खुसान गानिजानोभले हानेको बल आफ्नै पोस्टमा पुगेको हो ।

त्यसको १३ मिनेट नबित्दै खेलको ६५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सीमित भयो । विपक्षी खेलाडीलाई मुक्का हानेपछि युवराज ढकालमाथि रेफ्री प्रज्ज्वल क्षेत्रीले रातो कार्ड देखाएका थिए । क्षेत्रीले मैदान छाडेपछि पाहुना टोलीले त्यसको फाइदा लिन सकेन ।

प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले यस’bout सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै फुटबल टेक्निखेल खेल भएको बताए । उनले उक्त घटनासँगै आफूहरुले बराबरी गर्ने प्रयास हुँदाहुँदै विपक्षीले खेल रणनीति बदलेको उल्लेख गरे । उनले नेपालमा आतिथ्यता राम्रो पाएको र नेपाली फुटबलले पनि विकास गर्दै गएकोमा खुसी व्यक्त गरे ।

प्रतियोगितामा प्लेयर अफ दि म्याचको उपाधि जावलाखेलका जोखिडजोन राखीमोभ घोषित भए । उनले नगद १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

जितपछि जावलाखेल प्रशिक्षक सुनिलकुमार श्रेष्ठ आभासँगको प्रतिस्पर्धा नै फाइनल जस्तो लागेको बताए । राम्रो टिमलाई हराउन सकेकामा उनी सन्तुष्ट देखिए । आभा टिम बलियो टिम थियो । जबकि उसले शनिबार २६ औ बूढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंलाई पोखरामा भने चौथो क्वारफाइनलमा १–० गोलअन्तरले पराजित गरी सेमिफाइनल पुगेको थियो ।

सहाराले भने उद्घाटन खेलमा गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो । सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वाटरफाइनलमा र मनाङ मस्र्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो ।

शनिबार हुने फाइनलमा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

The post आभाको आत्मघाती गोलको दुर्भाग्य, जावलाखेल फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत चौथौ दिनका खेलहरू सम्पन्न

राजधानी समाचारदाता 18 hours ago

काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् । महिला तर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ भने पुरुषतर्फ कोशी प्रदेशले फराकिलो जित हात पारेको छ ।

महिला तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्‍यो । गण्डकीका लागि अंकिता अधिकारीले १४औं र ६०औं मिनेटमा दुई गोल गरिन् । त्यस्तै २०औं मिनेटमा बुद्धी माया मगर र ३७औं मिनेटमा सीता माया बलले एक–एक गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गण्डकीकी सीता माया बल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

महिला तर्फकै अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई १–० गोलअन्तरले हरायो । मधेशका लागि ४२औं मिनेटमा प्रीति दासले निर्णायक गोल गरिन् । उत्कृष्ट प्रदर्शनका लागि मधेशकी प्रीति दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।

यसैगरी पुरुष तर्फको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ७–० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो । कोशीका लागि सुदीप चौधरीले ७औं, ३८औं र ४८औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

त्यस्तै, लक्ष्मण समारियाले ३७औं र ४४औं मिनेटमा दुई गोल गरे भने ५०औं र ५९औं मिनेटमा कबिराज सञ्जेलले दुई गोल थपे । उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेका सुदीप चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगिता शनिबार सम्म सञ्चालन हुनेछ । शनिबार फाइनल खेल सञ्चालन हुने महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

The post राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत चौथौ दिनका खेलहरू सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category