npl.977 Nepal News Stream

#एनआईसी बैंक

NepalWatch logo NepalWatch

आमा घर सेवा आश्रममा एनआईसी बैंकको साथ, आरओ प्युरिफायर जडान

Pushpa Dhungana 22 hours ago

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ।

आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई आश्रय दिँदै आएको यस आश्रमका लागि बैंकका सर्कल हेड रामकृष्ण काफ्लेले आश्रमका संरक्षक विजय राज सिग्देललाई २०८३ वैशाख २ गते आयोजित कार्यक्रममा आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे।

बैंकका अनुसार यस सहयोगले आश्रममा बसोबास गरिरहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध हुनुका साथै उनीहरुको स्वास्थ्य सुधारमा सहयोग पुग्नेछ। साथै, आश्रमको दैनिक बसाइलाई थप सहज र व्यवस्थित बनाउन पनि यसले योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

Explore by Source or Category