npl.977 Nepal News Stream

#सवारीसाधन

Insurance Khabar logo Insurance Khabar

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयसँग माग्यो सवारी साधनको विवरण

केशवप्रसाद भण्डारी 21 hours ago

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालय र त्यस अन्तर्गतका निकायहरूसँग प्रयोगमा रहेका सवारी साधनको विस्तृत विवरण माग गरेको छ।
कार्यालयले आज एक पत्र जारी गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयहरूमा सञ्चालनमा रहेका तथा मर्मतको अवस्थामा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको विवरण पठाउन निर्देशन दिएको हो। सम्बन्धित मन्त्रालयहरूले २०८३ वैशाख ३ गते कार्यालय समयभित्रै उक्त विवरण प्रधानमन्त्री कार्यालयमा उपलब्ध गराउनुपर्नेछ।
सवारी साधनको ब्रान्ड र मोडल, सवारी नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल/पेट्रोल वा विद्युतीय), प्रयोगकर्ताको नाम र पद, तथा सवारीको हालको अवस्था (चालु वा मर्मत गर्नुपर्ने) खुल्ने गरी विवरण माग गरिएको छ।

सरकारले पछिल्लो समय सरकारी स्रोत र साधनको अभिलेखीकरणमा कडाइ गर्दै आएको सन्दर्भमा यो विवरण मागलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Explore by Source or Category