पालिका ब्यूरो
|
16 hours ago
धनगढी — कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै उल्लेख्य सुधार गरेको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायत कार्यक्रम सञ्चालन गरी नागरिकका घरदैलोमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो ।
पालिका ब्यूरो
|
19 hours ago
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट र योजनाको पुनरावलोकन गर्दै वडा कार्यालयलाई प्रदान गरिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाउने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो।
पालिका ब्यूरो
|
22 hours ago
बागलुङ — बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । उत्पादन राम्रो भए पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीहरू बगानमै पुगेर सुन्तला खरिद गर्ने र न्यून मूल्य तोक्ने भएकाले हरेक वर्ष घाटामा बिक्री गर्नुपरेको किसानको भनाइ छ ।
पालिका ब्यूरो
|
23 hours ago
काठमाडौँ — आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को आयोजनामा हुने प्रतियोगिता ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित सञ्चालन गरिनेछ ।
पालिका ब्यूरो
|
23 hours ago
म्याग्दी — चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सम्पन्न भएको छ ।
पालिका ब्यूरो
|
23 hours ago
कैलाली — घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च देखिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दु भएको पाइएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालको आयोजनामा घोडाघोडी नगरपालिका–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।