सुत्र न्युज
|
30 minutes ago
काठमाडौं । गएको १४ कार्तिकमा बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई तीन शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर कुरा गर्ने मनै नभएको बताइन्। आफूलाई मन नभएको र जेनजीले पनि अंकुश लगाएको उनको दाबी थियो। ‘तीन नेतासँग भेटेर कुरा गर्न मन मलाई नै छैन। त्यसैमाथि जेनजीले अंकुश पनि लगाएका छन्,’ उनले भनेकी थिइन्, ‘उहाँहरू आफैँ बहिर्गमन भएर राजनीतिको सञ्चार चलायमान बनाउन योगदान दिए हुने हो।’ आफूलाई भेट्न चाहे बालुवाटारले सँधै स्वागत गर्ने पनि उनले सुनाइन्।
सुत्र न्युज
|
41 minutes ago
काठमाडौं । नेपाली राजनीतिका दिग्गज नेता बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा मंगलबार विराटनगरमा निधन भएको छ। मोरङको विराटनगर महानगर–९ घोघापुल चोकमा रहेको आफ्नो घरमै मण्डलको निधन भएको हो। भतिजी जस्मिन मण्डलका अनुसार सोमबार रातिसम्म मण्डलको स्वास्थ्य सामान्य थियो। ‘बिहान शौचालय गएर फेरि ओछ्यानमा आफै पुग्नुभयो। सुतेकै ठाउँमा बित्नुभयो,’ उनले भनिन्। २०३६ सालदेखि पञ्चायती राजनीतिमा प्रवेश गरेका मण्डलले पञ्चायतकालदेखि २०४६ पछिको बहुदलीय संसदीय समय र तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पनि सत्ता राजनीतिको केन्द्रमा रहे। उनी राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए र २०४२ सालमा अर्थ राज्यमन्त्री र पछि वन मन्त्री पनि बनेका थिए।
सुत्र न्युज
|
1 hour ago
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । सामाजिक-राजनीतिक बिषयको फिल्म ‘बिगुल’मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजजिक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । बेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज, सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ देखिन्छ ।
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशनमा आफू महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले १४औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको स्मरण गर्दै १५औं महाधिवेशनमा पनि आफू महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने बताए। उनले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वसँग कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकतालाई जोड दिए।
सुत्र न्युज
|
2 hours ago
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग शीतलनिवासमा आज ऐतिहासिक छलफल गरेका छन्। जेनजी आन्दोलनपछिको यो पहिलो भेट हो, जहाँ राष्ट्रपतिले तीनवटै दलका प्रमुख नेतासँग प्रत्यक्ष संवाद गरेका छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, शून्यताको अवस्था र आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका तयारी र रणनीति विषयक छलफल केन्द्रित छ।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । सरकारका प्रवक्ता जगदीश खरेलले फागुन २१ मा तोकिएको चुनावका लागि नेकपा एमाले पनि तयार भएको बताएका छन्। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको आजको अवलोकनपछि जानकारी दिँदै उनले भने, ‘नेकपा एमालेसँगको भेटघाट चुनावउन्मुख भएको छ। चुनावको लागि एमाले पनि तयार भएको छ र सरकारले पनि त्यस अनुसार वातावरण बनाउने तयारी अगाडि बढाएको छ। अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडि बढ्यो।’ मन्त्री खरेलले निर्वाचनको लागि स्वतन्त्र, भयरहित र धाँधलीरहित वातावरण सुनिश्चित गर्ने दाबी गरे। उनले एमाले तर्फबाट चुनाव वातावरण बनाउन आग्रह आएको बताए।
सुत्र न्युज
|
2 hours ago
चितवन । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा पुगिनसकेको बताएका छन् । मंगलबार तारेख बुझ्न चितवन आइपुगेका सभापति लामिछानेले सोमबार राति बालेन र आफूबिच भएको वार्ताबारे जानकारी दिने क्रममा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा रास्वपा प्रवेश गरिनसकेको बताएका हुन् । सोमबार मध्यरातिसम्म लामिछाने र बालेनबिच भेटवार्ता भएको थियो । उनीहरुबिच भेटवार्ता हुनुअघि रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने बताएका थिए । यसलगत्तै बालेनसँग छलफलमा पनि लाछिानेले प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरिएको बताइएको थियो ।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । गत वर्ष बक्सअफिसमा सुपरहिट बनेको फिल्म ‘खुस्मा’ मंगलबारबाट युट्युबमा सार्वजनिक गरिएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्मलाई केन्द्र मोशन पिक्चर्सले डिजिटल प्लेटफर्ममा स्ट्रिमिङको लागि ल्याएको हो। अशोक थापा मगरले निर्देशन गरेको ‘खुस्मा’ सशस्त्र द्वन्द्धको कालखण्डमा आधारित प्रेमकथा हो, जसले हलमा प्रदर्शनको क्रममा दर्शकको ठूलो मन जितेको थियो। फिल्ममा धीरज र उपासना बाहेक माओत्से गुरूङ, राज थापा काउछा, विजय संयोक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर र संगीता थापा लगायत कलाकारहरूले अभिनय गरेका छन्।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेनसँगको बैठकबारे सार्वजनिक चर्चामा धेरै कुरा गलत रूपमा फैलिएको बताउँदै आफ्नो कुरा राखेका छन्। मंगलबार चितवन पुगेका उनले पत्रकारहरूसँग भने, ‘हामी दुईजना मात्र सहभागी बैठकमा बसेका थियौं, त्यसैले बाहिर सबैले आफ्नो स्वाद अनुसार व्याख्या गर्नु अनुचित हो।’ लामिछानेका अनुसार बैठकको उद्देश्य नयाँ वा वैकल्पिक भनिएका राजनीतिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयास मात्र थियो। बालेनसँगको वार्ता सुरुवात मात्र भएको भन्दै प्रधानमन्त्री दिनेसहितका विषयमा प्रवेश नगरेको उनको दाबी छ। उनले थपे, ‘यो वार्ता सुरुवात मात्र हो। प्रधानमन्त्रीको विषयमा वा अन्य संवेदनशील राजनीतिक निर्णयमा प्रवेश गरिएको छैन।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका हुन् । राष्ट्रपति पौडेल र प्रमुख तीन दलका शीर्ष नेताबिच देशको राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहँदा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी छन् ।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । भदौ २३ र २४ गते भएको विवादास्पद घटनाको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार लेखकलाई शुक्रबारका लागि बयानका लागि आउन पत्र काटिएको छ। कार्कीका अनुसार आयोगले उक्त घटनामा संलग्न अधिकांश व्यक्तिहरूको बयान संकलन गरिसकेको छ। अब अन्तिम चरणमा आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान पनि लिन तयार भइरहेको छ। ओलीलाई पनि पत्र काटेर बयानका लागि बोलाउने तयारी भइरहेको छ।
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । गएको १४ कार्तिकमा बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई तीन शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर कुरा गर्ने मनै नभएको बताइन्। आफूलाई मन नभएको र जेनजीले पनि अंकुश लगाएको उनको दाबी थियो। ‘तीन नेतासँग भेटेर कुरा गर्न मन मलाई नै छैन। त्यसैमाथि जेनजीले अंकुश पनि लगाएका छन्,’ उनले भनेकी थिइन्, ‘उहाँहरू आफैँ बहिर्गमन भएर राजनीतिको सञ्चार चलायमान बनाउन योगदान दिए हुने हो।’ आफूलाई भेट्न चाहे बालुवाटारले सँधै स्वागत गर्ने पनि उनले सुनाइन्। त्यसयता प्रधानमन्त्री कार्कीले पटक-पटक सर्वदलीय, सर्वपक्षीय बैठक डाकी सकेकी छन्।
सुत्र न्युज
|
4 hours ago
मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ सेनाको चिकित्सा सामाग्री वोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरु बाच्न सफल भएको जनाइएको छ । अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ ।
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो । कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो । तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतालाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् । राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएका हुन् । मंगलबार अपराह्न ३ बजे शीतल निवासमा बोलाइएका नेता र राष्ट्रपति पौडेलबिच देशको राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेस र एमालेले फागुन २१ मा निर्वाचन हुने वातावरण नबनाएको बताइरहेका बेला राष्ट्रपतिले तीन दलकै शीर्ष नेतालाई शीतलनिवास डाकेका हुन् ।
सुत्र न्युज
|
4 hours ago
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई कडा चेतावनी दिएका छन्। अन्तरिम सरकारले निर्वाचनमार्फत नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र विकल्प हुने उनको स्पष्ट भनाइ छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै महतले वर्तमान राजनीतिक अवस्थालाई संवैधानिक मोडमा लैजान ढिलाइ गर्न नहुने बताए। ‘निर्वाचनबाट संसद् बनाउनु पर्यो। त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ महतले भने, ‘अहिलेको स्थिति यही हो।’ महतले सरकारलाई २१ फागुनमै निर्वाचन गराउन दबाब दिँदै कांग्रेस चुनावका लागि पूर्ण रूपमा तयार रहेको जिकिर गरे।
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटमा आइतबार अपराह्न साढे ४ बजेतिर ३२ वर्षीया सुशीला घिसिङको पेट्रोल छर्केर आगजनी गरी हत्या गरिएको अवस्थामा शव फेला पर्यो। घरायसी विवादले चुलिएको पारिवारिक द्वन्द्व अन्ततः जघन्य हत्यामा परिणत भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनामा संलग्न भएको आरोपमा मृतककी सासू ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। घटनास्थलबाट पेट्रोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।