एलआइसी नेपालले घोषणा गर्यो बम्पर नगद लाभांश
नानु खड्का (निर्जला)
|
11 hours ago
काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज पुस ६ गते बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने हो।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
