npl.977 Nepal News Stream

#ipo

Contents
Insurance Khabar logo Insurance Khabar

भुजुङ हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

जयराम गौतम 4 hours ago

काठमाडौं । भुजुङ हाइड्रोपावरले आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि भने आइपीओका निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण शेयर निष्कासनको अनुमति दिएको छ। जसमा जारी पुँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको शेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि जारी गरेको छ।

यसैगरी सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

Insurance Khabar logo Insurance Khabar

एनपीआई नारायणी सामुदायिक हस्पिटलले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

नानु खड्का (निर्जला) 18 hours ago

काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतामा एनपीआई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एनपीआई नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी गराए ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्व रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

 

Explore by Source or Category