npl.977 Nepal News Stream

#Nepse

Contents
HimalPress | English logo HimalPress | English

Nepse posts marginal 5.36-point gain

bishnu 51 minutes ago

KATHMANDU: The Nepal Stock Exchange (Nepse) index posted a marginal gain of 5.36 points on Friday, closing the last trading of the week at 2,838.40 points.

Although Nepse moved into the red and hit an intraday low of 2,809.49 after posting initial gains, it recovered and eventually closed the session 0.18% higher.

Unit prices of 150 scrips declined during the session, while 108 advanced and 12 remained unchanged. Total turnover fell to Rs 7.46 billion, with 18.06 million units traded through 96,573 transactions. Five scrips hit the 10% positive circuit during the session.

National Hydropower Company Ltd posted the highest turnover of the session with shares worth Rs 668.63 million traded. Solu Hydropower Ltd and Ridi Power Company Ltd were next with turnovers of Rs 372.66 million and Rs 340.24 million, respectively.

Among trading groups, five posted gains while the remaining eight ended the session in the red. Manufacturing & Processing posted the highest gain of 1.4%, while the biggest loss came from the Non-life Insurance sub-index, which fell 0.51%.

Insurance Khabar logo Insurance Khabar

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

जयराम गौतम 1 hour ago

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूृहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४० प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.५३ प्रतिशतको गिरावट देखिएको छ।

आज बजारमा १०८ कम्पनीको शेयरभाउ बढेको छ भने १५० कमपनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ७ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेसनल हाइड्रोपावरः ६६ करोड ८६ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ३७ करोड २६ लाख रुपैयाँ
  • रिडी पावरः ३४ करोड २ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ३२ करोड ९५ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २५ करोड १५ लाख रुपैयाँ
  • प्रभु बैंकः २४ करोड ५८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २३ करोड ९५ लाख रुपैयाँ
  • एसवाई प्यानलः २३ करोड १८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ५८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ५८ लाख रुपैयाँ
Insurance Khabar logo Insurance Khabar

नेप्से र यी ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता

जयराम गौतम 23 hours ago

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ।

बुब बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेले ती कम्पनीसँग सम्झौता गरेको हो। यसरी सम्झौत गर्ने कम्पनीहरुमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।

बुक बिल्डिङ विधिमार्फत नर्भिक इन्टरनेसनल हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टिल्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछन्।

Explore by Source or Category