npl.977 Nepal News Stream

#स्वास्थ्य

News of Nepal logo News of Nepal

विश्व ध्यान दिवस: देशभर गुन्जियो ’ध्यान’ को तरङ्ग, ५० हजारले गरे सामूहिक अभ्यास

न्युज अफ नेपाल | 8 hours ago
काठमाडौँ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ नेपालले देशव्यापी रूपमा साताव्यापी कार्यक्रम गरी दोस्रो विश्व ध्यान दिवस सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार (डिसेम्बर २१) काठमाडौँको शंखमूलस्थित केन्द्रमा आयोजित मुख्य कार्यक्रमसहित नेपालभर ५० हजारभन्दा बढी नागरिकले सामूहिक ध्यानमा सहभागी भएर आन्तरिक शान्तिको सन्देश फैलाएका छन् ।
News of Nepal logo News of Nepal

नेपाल चिकित्सक संघ निर्वाचन: उम्मेदवारी खारेजीपछि विवाद चर्कियो

न्युज अफ नेपाल | 10 hours ago
काठमाडौँ। नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया सुरु भएसँगै विवादको भुमरीमा फसेको छ । संघको उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदमा उम्मेदवारी दिएका युवा मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीको उम्मेदवारी निर्वाचन समितिले ’वारेसनामा नमिलेको’ भन्दै रद्द गरेपछि विवादले उग्र रूप लिएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

बिरामीलाई झमेला, अस्पताललाई दबाब

कल्पना भट्टराई | 11 hours ago
मुटुमा समस्या आएपछि नेपालगन्जकी सन्दकली पुन मगर (४४) त्यहीँको भेरी अस्पताल पुगिन्। तर, पर्याप्त उपकरण नभएकाले अस्पतालले काठमाडौँ जान सुझायो। स्वास्थ्य बिमा गराएकी उनी यसअन्तर्गत उपचार सेवा लिन गत साता काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल आइन्। तर, बिमाको सेवा लिने क्रममा उनले यहाँ झन्झट बेहोर्नुपर्‍यो। उपचारका लागि उनी ओपीडीको टिकट काउन्टरमा पुगिन्।
Kendrabindu logo Kendrabindu

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

इन्द्र कमल रोक्का | 14 hours ago
अत्तरिया। कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुवात गरेको हो ।
News of Nepal logo News of Nepal

एम्बुलेन्स सेवालाई प्रविधिमैत्री र एकीकृत बनाइने : स्वास्थ्यमन्त्री डा. शर्मा

न्युज अफ नेपाल | 14 hours ago
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालित एम्बुलेन्स सेवालाई व्यवस्थित र एकीकृत बनाउन सक्रियता बढाएको छ । मन्त्रालयले आइतबार ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ को कार्यान्वयन र यस क्षेत्रमा देखिएका चुनौतीबारे सरोकारवाला निकायहरूसँग बृहत् भर्चुअल अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.
Kendrabindu logo Kendrabindu

‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयमा राष्ट्रिय परामर्श

इन्द्र कमल रोक्का | 15 hours ago
काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठकको आयोजना गरेको छ । पौष ४ गते आयोजित ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठक एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीको सहकार्यमा गरिएको हो ।
Kendrabindu logo Kendrabindu

परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम

इन्द्र कमल रोक्का | 18 hours ago
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् ।
Kendrabindu logo Kendrabindu

पञ्चपुरी नगरपालिकामा करारका कर्मचारी हटाएपछि १२ स्वास्थ्य संस्था बन्द

इन्द्र कमल रोक्का | 19 hours ago
सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।
Kendrabindu logo Kendrabindu

कालिमायाको कहालीलाग्दो भोगाइ र याचना

इन्द्र कमल रोक्का | 19 hours ago
दमौली। यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन्। घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
Sutra News logo Sutra News

राति देखिन सक्छन् मधुमेहका लक्षण, गर्न हुँदैन बेवास्ता

सुत्र न्युज | 20 hours ago
पछिल्ला केही वर्षहरूमा डायबिटीज (मधुमेह) का बिरामीहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण धेरै मानिस उच्च ब्लड सुगरको समस्याबाट पीडित छन्। डायबिटीजमा शरीरको ब्लड सुगर लेभल असामान्य रूपमा बढ्छ। यदि समयमै सुगर नियन्त्रण नगरिएमा मिर्गौला (किडनी) र मुटुसम्बन्धी रोगको जोखिम पनि बढ्न सक्छ। शरीरमा सुगरको मात्रा बढ्दा केही लक्षणहरू देखिन थाल्छन्। यी लक्षणहरू समयमै पहिचान गर्न सके डायबिटीजलाई नियन्त्रणमा राख्न सकिन्छ। विशेष गरी केही लक्षणहरू रातिको समयमा देखिन सक्छन्। यदि राति, विशेषगरी जाडो मौसममा पनि, अत्यधिक पसिना आउँछ भने यसलाई बेवास्ता गर्नु हुँदैन।
Sutra News logo Sutra News

रातभरि निद्रा लाग्दैन ? खानेकुरामा यी खानेकुरा समावेश गरे गहिरो र सुकूनपूर्ण निद्रा मिल्नेछ

सुत्र न्युज | 20 hours ago
राति निद्रा नआउनु निकै कष्टकर समस्या हो। जब सबै जना गहिरो निद्रामा हुन्छन् र तपाईं मात्र जागै हुनुहुन्छ, त्यो अवस्था असहज र थकाउने हुन्छ। यदि तपाईंलाई पनि रातको समयमा निद्रा लाग्दैन भने आफ्नो खानपानमा ध्यान दिनु आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार, डाइटमा म्याग्नेसियम समावेश गर्नाले निद्रामा सुधार आउन सक्छ। म्याग्नेसियमले मेलाटोनिन हर्मोनलाई सन्तुलनमा राख्न मद्दत गर्छ, जुन हर्मोनले राति राम्रो र गहिरो निद्रा ल्याउन सहयोग गर्छ। न्यूट्रिशनिस्ट तथा डाइटीशियन शिखा अग्रवाल शर्माका अनुसार, म्याग्नेसियमयुक्त केही खानेकुरा नियमित सेवन गर्दा निद्राको समस्या कम हुन सक्छ।
Kendrabindu logo Kendrabindu

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

इन्द्र कमल रोक्का | 21 hours ago
कैलाली। घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।
GandakNews logo GandakNews

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

राम बहादुर रोकाहा | 21 hours ago
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरबाट छ सय ३१ जना नागरिक लाभान्वित भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि अर्जुनचौपारीका साथै छिमेकी पुतलीबजार र भीरकोट नगरपालिकाबाट समेत सेवाग्राही शिविरमा पुगेका थिए । खुमा अर्याल फाउन्डेसनले अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवन प्राङ्गणमा शिविर आयोजना गरेको हो ।
News of Nepal logo News of Nepal

नीजामती अस्पतालको शुल्क १० प्रतिशतले बृदि

न्युज अफ नेपाल | 21 hours ago
काठमाडौं । नीजामती अस्पतालले जनाए अनुसार अस्पतालमा रहेका विभिन्न सेवाका सेवा शुल्कहरू १०५ले वृद्धि हुने व्यहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध छ। हाललाई एमआरआइ सिटी स्क्यान र डेक्साका शुल्कलाई यथावत राखिएको र अन्य सेवा शुल्कमा सबैमा १०५ले वृद्धि गरिएको छ। अस्पतालमा नीजामती कर्मचारी, कर्मचारीका परिवार र सरवसाधारण नागरिकले स्वास्थ्य सेवा लिने गर्दछन ।

Explore by Source or Category