npl.977 Nepal News Stream

#सुरक्षा/अपराध

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

राजधानी समाचारदाता 7 hours ago

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागूऔषधसहित आज पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए ।

चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जना पक्राउ

प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित तथा काठमाडौं महानगरपालिका–२२ सङ्कटा मन्दिरस्थित पार्किङ गरी राखेको बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी, वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । निज दाहालले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।

निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

The post विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

राजधानी समाचारदाता 7 hours ago

रसुवा । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही व्यवसायीले खेताला प्रयोग गरी थोरै परिमाणका सामान पटकपटक मितेरी पुल पार गराएर टिमुरे पु¥याउने र त्यसपछि सार्वजनिक सवारीसाधनमार्फत त्रिशूली तथा काठमाडौँ लैजाने प्रवृत्ति बढेको पाइएपछि उक्त कार्य रोक्न प्रहरी सक्रिय बनेको हो । यस्तो गतिविधिले राज्यको राजस्व छलिने भएका कारण सवारीसाधनमा अवैध सामग्री नबोक्न चालकलाई अनुरोध गरिएको उनले बताए ।

प्रहरीका अनुसार सवारीसाधन जाँचका क्रममा अस्वाभाविक रूपमा खुद्रा सामान लुकाइछिपाइ ल्याउने घटना पटकपटक फेला परेपछि त्यस्ता सामग्री बरामद गरी सम्बन्धित निकायलाई बुझाउने गरिएको छ । खुला ट्रक लिएर केरूङ जाने र फर्कंदा लोड गरेर ल्याएका विद्युतीय उपकरणभित्रका खाली स्थानमा चिनियाँ चुरोट तथा मदिरालगायत विभिन्न सामग्री लुकाएर ल्याउने गरेको पाइएको छ ।

चेकपोस्टमा ठूला–साना सबै सवारीसाधनको नियमित जाँच भइरहेको र इभी मोटरभित्रका सम्भावित लुकाउने ठाउँमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विभिन्न मितिमा सशस्त्र प्रहरी बलले रू ११ लाख २८ हजार तथा नेपाल प्रहरीले रू एक लाख ८५ हजार बराबरका सामग्री बुझाएको छ ।

यस्तै भन्सार कार्यालयले रू ६२ लाख ७५ हजार बराबरको अवैध माल सामग्री बरामद गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराईले जानकारी दिनुभयो । प्रहरीले कानुनविपरीत सामग्री बोकेमा चालक, व्यवसायी र सम्बन्धित व्यक्तिलाई कारबाही हुने उल्लेख गर्दै सबैलाई राज्यद्वारा निर्धारण गरिएको मापदण्डअनुसार मात्र सामान आयात–निकासी गर्न अनुरोध गरेको छ ।

The post बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category