npl.977 Nepal News Stream

#सुनचाँदी

Himal Press logo Himal Press

घट्यो सुनचाँदीको मूल्य

Ramesh Dawadi 4 hours ago

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १३० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Explore by Source or Category