npl.977 Nepal News Stream

#सिनेमा

Contents
News of Nepal logo News of Nepal

इमेज टेलिभिजनमा एक्सन स्टाइलको कमेडी बाज

न्युज अफ नेपाल 6 hours ago

इमेज टेलिभिजन एचडीबाट प्रसारण हुने रियालिटी शो कमेडी बाजको टिजर सार्वजनिक गरिएको छ।
नेपाली टेलिभिजन क्षेत्रमा पहिलोपटक एक्सन शैली समेटिएको यो शोले दर्शकमाझ नया स्वाद ल्याउने अपेक्षा गरिएको छ। सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ, जसले नेपाली रियालिटी शोको प्रस्तुतिमा फरकपन र नया आयाम थप्ने संकेत दिएको छ।

निर्माण टिमका अनुसार शोको मूल अवधारणा ब्याटल फम्र्याटमा आधारित भएकाले टिजरलाई पनि एक्सन शैलीमै सुरु गरिएको हो। कमेडी बाज इमेज टेलिभिजन एचडी र सुन्दर खनाल युट्युब च्यानलबाट वैशाख दोस्रो सातादेखि प्रसारणमा आउनेछ।

टिजरमार्फत शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उनीहरूको प्रस्तुति र केमेस्ट्रीले दर्शकमा थप उत्सुकता बढाएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षका अनुसार अबको एक साताभित्र प्रतियोगी कमेडियनहरू सार्वजनिक गर्दै अर्को प्रोमो पनि ल्याइनेछ। यो शोले नेपाली कमेडी रियालिटी क्षेत्रमा नया“ ट्रेन्ड सेट गर्ने विश्वास गरिएको छ।

नेपाल न्युज logo नेपाल न्युज

‘महाराजधिराज’मा केकी ‘महारानी’

नेपालन्युज 23 hours ago

काठमाडौँ। निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन्। चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’का रूपमा केकी अधिकारी भित्रिएकी हुन्।

“महाराजधिराज कि महारानीलाई सु-स्वागतम्। यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” महाराजधिराजका प्रस्तुतकर्ता विराज विष्टले भनेका छन्।

तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेसन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन्। केही दिनअगाडि यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए। निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टरसमेत सार्वजनिक गरेको थियो।

लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कुतूहललाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम र पोस्टर सार्वजनिक गरेको थियो।

‘महाराजधिराज’को पोस्टरले थ्रिलर वा ‘पिरियड ड्रामाको झल्को दिएको छ। यही वैशाखको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक परिच्छेद सेनले बलियो बनाएका छन्।

चलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकार छन्।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लानअपअनुसारै सिनेमा पनि बलियो बनाउने प्रस्ट्याए। चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा चलचित्र खिचिनेछ। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन छ।

चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन्। ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ।

Explore by Source or Category