npl.977 Nepal News Stream

#शिक्षामन्त्री महावीर पुन

Contents
Himal Press logo Himal Press

भ्रष्टाचार नियन्त्रणको औषधी योग र ध्यान : शिक्षामन्त्री पुन

Ramesh Dawadi 14 hours ago

काठमाडौँ-, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान प्रभावकारी माध्यम हुनसक्ने बताएका छन्।

विश्व ध्यान दिवसको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले भ्रष्टाचारको मूल कारण मानिसको अशुद्ध मन, लोभ र घमण्ड भएको बताए। यस्ता प्रवृत्ति हटाउन औषधीले काम नगर्ने भएकाले योग र ध्यान नै व्यवहारिक उपाय हुनसक्ने उनले बताए।

‘हामी जसलाई भ्रष्टाचारी भन्छौं, उनीहरूको मन शुद्ध छैन, लोभ र घमण्डले भरिएको छ,’ मन्त्री पुनले भने,‘यस्तो प्रवृत्ति औषधी खुवाएर हट्दैन। त्यसको औषधी बनेको पनि छैन र बन्ने पनि छैन। तर योग र ध्यानलाई औषधीको रूपमा समाजमा फैलाउन सकियो भने भ्रष्टाचार घट्ने सम्भावना देख्छु।’

उनले योग र ध्यानलाई टोलटोल तथा गाउँगाउँसम्म विस्तार गर्न सबैले साझा प्रयास गर्नुपर्ने बताए। योग र ध्यानलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने उनको धारणा छ।

‘योग विषय पढाउने होइन, गराउने कुरा हो,’ मन्त्री पुनले भने,‘विद्यालयमा शुक्रबारको दिनलाई पढाइभन्दा बाहिरका अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने प्रस्ताव अघि सारेको छु।’

विद्यालयका अतिरिक्त क्रियाकलापअन्तर्गत योगलाई समावेश गर्न निर्देशन दिइसकिएको र हरेक विद्यालयमा योग पुर्‍याउने दिशामा मन्त्रालयले काम अघि बढाइरहेको पुनले बताए।

Himal Press logo Himal Press

‘विद्यालय सुधारका लागि अभिभावक आन्दोलन अपरिहार्य’

Ramesh Dawadi 16 hours ago

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका विद्यालयमा व्याप्त मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण अन्त्य गर्न स्थानीय अभिभावकहरू एकजुट भएर सशक्त आन्दोलनमा उत्रनुपर्ने बताएका छन्।

अभिभावकहरूको दबाब र कडा चेतावनीबिना विद्यालय क्षेत्रमा अपेक्षित सुधार सम्भव नहुने उनको भनाइ छ।

‘शिक्षा मन्त्रालयले काठमाडौँबाट मात्र निर्देशन दिएर देशभरका विद्यालय सुधार गर्न सम्भव छैन,’ आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले भने, ‘स्थानीय स्तरमै अभिभावकहरू जागरुक हुन जरुरी छ।’

आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्न अभिभावकहरूले विद्यालय व्यवस्थापन, शिक्षक नियुक्ति, शैक्षिक गुणस्तर र आर्थिक पारदर्शितामाथि निगरानी बढाउनुपर्ने मन्त्री पुनले बताए।

Explore by Source or Category