npl.977 Nepal News Stream

#शिक्षा

Saral patrika logo Saral patrika

‘विद्यालय सुधारका लागि अभिभावक नै जाग्नुपर्छ’

Saral Patrika 17 hours ago

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षामा व्याप्त बेथिति र राजनीति अन्त्यका लागि अभिभावकहरूलाई नै आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले नेपालका धेरै विद्यालयहरूमा हुने राजनीतीकरण हटाउन अभिभावकको सक्रियता अनिवार्य रहेको बताएका हुन्।

देशभरका विद्यालयहरूमा भइरहेको मनपरी, भ्रष्टाचार र बेथितिप्रति लक्षित गर्दै उनले लेखेका छन्, ‘स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनी नदिएसम्म सुधार हुन गाह्रो छ। त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ।’

मन्त्री पुनले विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले काठमाडौँबाट दिने निर्देशन मात्र पर्याप्त नहुने स्पष्ट पारेका छन्। कर्मचारीतन्त्र र मन्त्रालयको परिपत्रले मात्र तल्लो तहको बेथिति नहट्ने भन्दै उनले स्थानीय स्तरमै खबरदारी हुनुपर्नेमा जोड दिए।

आफ्ना छोराछोरीको भविष्यका लागि अभिभावकहरू स्वयं सचेत र जागरुक हुनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस्।’

Explore by Source or Category