npl.977 Nepal News Stream

#शिक्षक

Himal Press logo Himal Press

ईसीडी शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी निर्धारण गरी तलबभत्ता दिन माग

Ramesh Dawadi 9 hours ago

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र विद्यालय कर्मचारीलाई तहगत दरबन्दी निर्धारण गरी सोहीअनुसार तलबभत्ता उपलब्ध गराउन माग गरेको छ। महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई वैशाख २ गते ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग अघि सारेको हो।

ध्यानाकर्षणपत्रमा विद्यालय कर्मचारीको तहगत दरबन्दी तोक्न र प्रारम्भिक बालकक्षा शिक्षकलाई समेत सोही संरचनाअनुसार तलबभत्ता उपलब्ध गराउन आग्रह गरिएको छ।

महासंघले नयाँ शिक्षा ऐन जारी हुन नसक्दा विद्यालय क्षेत्रका धेरै समस्या अझै समाधान हुन नसकेको उल्लेख गर्दै सबै सरोकारवालामैत्री अग्रगामी विद्यालय शिक्षा ऐन आवश्यक रहेको जनाएको छ।

विगतमा नेपाल सरकार र शिक्षक महासंघबीच भएका सबै सहमतिलाई समेटेर उक्त ऐन यही संसद्को अधिवेशनबाट पारित गर्नुपर्ने मागसमेत गरिएको छ।

संघीय सरकारको निर्णयलाई चुनौती दिँदै स्थानीय तह र निजी विद्यालय,धमाधम सुरु गरे भर्ना र कक्षा

Explore by Source or Category