npl.977 Nepal News Stream

#बैंकिंग

Contents
Kendrabindu logo Kendrabindu

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी रु तीन अर्ब ५० करोड रहेको सो अस्पतालले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने जनाएको छ । संस्थापक समूहअन्तर्गत ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ। थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैय्या क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको अस्पतालका लागि थप पुँजीको व्यवस्था गर्न कम्पनीले सार्वजनिक निष्काशन गर्न लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी दिए ।

सम्झौतामा अस्पतालका तर्फबाट कम्पनीका सञ्चालक खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

Kendrabindu logo Kendrabindu

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २४ पैसा र बिक्रीदर ११० रुपैयाँ ७० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०३ पैसा र बिक्रीदर नौ रुपैयाँ ०७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ  र बिक्रीदर ३९ रुपैयाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५४ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८९ पैसा , बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ७०  पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Explore by Source or Category