npl.977 Nepal News Stream

#बैंक/वित्त

Contents
News of Nepal logo News of Nepal

सूर्यज्योति लाइफको लाभांश घोषणा

न्युज अफ नेपाल 5 hours ago

काठमाण्डौँ
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

यससँगै कम्पनीका सेयरधनीहरुले हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको १३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) पाउने छन् ।

सेयरधनीहरुले यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्राप्त गर्नेछन् ।

News of Nepal logo News of Nepal

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य

न्युज अफ नेपाल 6 hours ago

काठमाडौँ
सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ ।

नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवद्र्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका थिए ।

त्यसैगरी नेपाल सोशल बिजनेसका तर्फबाट निर्भाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोशल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको जानकारी दिएका थिए ।

यस्ता प्रभावमूलक उद्यमको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ । प्रभावमुखी उद्यमीलाई प्रवद्र्धन गर्दै उनीहरूलाई विस्तार र सुदृढीकरण गर्न निरन्तर क्रियाशील रहँदै आएको नेपाल सोशल बिजनेसको पहल तथा उद्देश्यप्रति समर्थन जनाउँदै सिद्धार्थ बैंक लिमिटेडले उद्देश्य–केन्द्रित उद्यमहरूको सशक्तिकरणमार्फत समग्र देशको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धताका साथ बैंकले आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन बैंक सधैं सकारात्मक रहेको छ ।

News of Nepal logo News of Nepal

सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार

न्युज अफ नेपाल 6 hours ago

काठमाडौं

काभ्रेपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । गत वर्ष बैकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैकको वित्तीय अवस्थामा सुधार देखिएको हो ।


बैंकको गत आ.ब. २०८०÷०८१ को तुलनामा आ.ब. २०८१÷८२ को वित्तीय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्ष रु. ५.४६ रहेकोमा यस वर्ष रु. ३१.७६ रहेको छ । त्यसैगरि बैकको प्रतिशेयर नेटवर्थ गत आ.ब. मा रु. ६३.५० रहेकोमा आषाढ मसान्त २०८२ मा बढेर प्रति शेयर नेटवर्थ रु. ९७.२४ पुगेको छ ।


विशेषत निष्कृय कर्जाको असुलीमा भएको उल्लेखनीय सुधारको कारणले बैकको वित्तिय सुचकहरुमा प्रगति भएको देखिन्छ । बैकको निष्कृय कर्जाको अनुपात पनि गत आ.ब.मा १०.६३ प्रतिशत रहेकोमा आषाढ मसान्त २०८२ मा घटेर ६.०८ प्रतिशत मात्र रहेको छ । साथै आषाढ मसान्त २०८२ मा बैकको पुँजीकोष अनुपात मजबुत भई १३.०७ प्रतिशत पुगेको छ ।


विगतमा पुँजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहेको कारणले केन्द्रिय बैकले सिघ्र सुधारात्मक कारवाही गरेकोमा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै सिघ्र सुधारात्मक कारवाही हट्ने विश्वास बैकले लिएको छ । बैकले आ.ब. २०८१÷८२ को वित्तिय विवरणहरु वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेश गरिसकेको जनाएको छ । नेटवर्थमा उल्लेख्य सुधार भएतापनि विगत वर्षहरुको संचित नोक्सानीको कारणले यस वर्ष बैकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।


हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

News of Nepal logo News of Nepal

नबिल बैंकलाई ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

न्युज अफ नेपाल 7 hours ago

काठमाडौँ
नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताउनुभयो । “यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकको विश्वासको परिणाम हो । हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्दछौँ”, सिइओ ज्ञवाली भन्नुभयो ।

विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थालाई सम्मान गरिन्छ ।

सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १ ओटो देशमा सञ्चालन हुँदै आएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २ सय ६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

Explore by Source or Category