npl.977 Nepal News Stream

#बैंक/वित्त

News of Nepal logo News of Nepal

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान तथा तालिम सम्पन्न

न्युज अफ नेपाल 53 minutes ago

काठमााडौँ
सिटिजन लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२६ सम्मान तथा तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम २०८२ फागुन ५ देखि ७ गतेसम्म होटल पोखरा ग्रान्डमा दुई रात तीन दिन सञ्चालन गरिएको थियो । कार्यक्रममा ७० जना सिटिजन लिडरलाई सम्मान गरिएको थियो, जसमा ६७ जना एमडीआरटी, २ जना कोर्ट अफ द टेबल (सीओटी) तथा १ जना टप अफ द टेबल (टीओटी) योग्यकर्ता रहेका थिए ।

उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरलाई सम्मान गर्नुका साथै आगामी व्यावसायिक लक्ष्य र रणनीतिबारे छलफल तथा सशक्त तालिम प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा “द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ” विषयमा प्रख्यात सेल्स कोच तथा उत्प्रेरक वक्ता डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए । उक्त सत्रले सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा महत्वपूर्ण प्रेरणा दिएको बताइएको छ ।

कार्यक्रममा कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्त अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति र मार्गदर्शन दिएका थिए । साथै कम्पनीका ब्रान्ड दूत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरूले सहभागीलाई सम्बोधन गर्दै उत्साह अभिवृद्धि गर्नुका साथै एमडीआरटी योग्यकर्ताहरूलाई सम्मान गरेका थिए ।

समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको आधार सिटिजन लिडरहरूको समर्पण र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले व्यवसाय विस्तार र व्यक्तिगत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

Explore by Source or Category