पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ।
पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका थिए।
२५औँ मिनेटमा डेम्बेलेको पासमा डोएले सहजै गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। त्यसको नौ मिनेटपछि रामोस पेनाल्टी क्षेत्रमा लडाइएपछि पिएसजीले पेनाल्टी पायो। डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता २-० पुर्याए।
५३औं मिनेटमै रामोसले सेनी मायुलुको क्रसलाई नजिकबाट गोलमा परिणत गरे। ५८औं मिनेटमा फोन्तेनेका खेलाडी नाथन फ्रामाजेको कमजोर ब्याक पासलाई रामोसले रोकेर गोलकिपरलाई छल्दै दोस्रो व्यक्तिगत गोल पूरा गरे। खेलको अन्त्यतिर रामोसले ह्याट्रिक पूरा गर्ने अवसर पनि पाए, तर प्रयास सफल भएन।
The post पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा first appeared on हाम्रो खेलकुद.



