npl.977 Nepal News Stream

#फलफूल

Himal Press logo Himal Press

बजारमा स्याउ प्रतिकेजी ३००, स्ट्रबेरी ५०० र किबी २६० रुपैयाँ

Ramesh Dawadi 11 hours ago

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ र झोले स्याउ २५० रुपैयाँमा निर्धारण गरेको छ।

केरा (दर्जन) १९० रुपैयाँ, अनार ३३० रुपैयाँ, हरियो अङ्गुर २६० रुपैयाँ र कालो अङ्गुर ४०० रुपैयाँ कायम भएको छ।

स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी २६० रुपैयाँ र एभोकाडो ३५० रुपैयाँ तोकिएको छ। सुन्तला (भारतीय) १७० रुपैयाँ र जुनार १३० रुपैयाँमा कारोबार भइरहेको छ।

फलफूलको मूल्य आयात र सिजनअनुसार परिवर्तन हुने गरेको समितिले जनाएको छ।

Explore by Source or Category