npl.977 Nepal News Stream

#प्रदेश-२

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पर्सा १ का मतदाता रिझाउन घरदैलोमा उम्मेद्वारहरु

तुलसी भण्डारी 9 hours ago

वीरगन्ज । ‘आश्वासनका पोका’ स-याउँदै मतदाता रिझाउन पर्सा १ का उम्मेद्वार पनि मतदाताको घरदैलोमा पुग्न थालेका छन् । २०८४ मा हुनुपर्ने निर्धारित निर्वाचन मिति सरेर २०८२ फागुन २१ मा हुने भएपछि आश्वासनका पोका गुजुल्ट्याउँदै मतदाताको घर दैलोमा उनीहरु बाड्न पुगेका हुन् ।

पुराना दलका उमेद्वार विगतका आश्वासनका पोकाको धुलो टक्टक्याउँदै नयाँ रंग घसेर मतदाताको घर आँगनमा निढुक्क मत माग्दैछन् । जसमा नेपाली काँग्रेसका उमेद्वार अनिल रुंगटा लागि परेका छन् । उनको सरल व्यवहार प्रति मतदाता पनि चिढिएका छैनन् ।

ह्याट्रिकको दाऊ
त्यसै गरी पुराना मध्ये २०७४ तथा २०७९ मा दुई पटक पर्सा १ बाट निर्वाचित प्रदिप यादव अब ह्याट्रिक मार्ने दाउमा मतदाता रिझाउन ध्याउन्नमा छन् । उनी निर्वाचनमा मतदाता रिझाउन अरुभन्दा अनुभवि मानिन्छिन् । तर साविकमा फोरम अनि जसपा र अहिले एमालेबाट उमेद्वार बनेका यादव मतदाताको नजरमा ‘दलबदलु’ नेताका रुपमा जिल्लामा चिनिन्छन् । टिकटका लागि एमालेमा पनि उमेद्वारी मनोनयनको अघिल्लो दिन मात्र प्रवेश गरेको आरोप खेप्दै मतदाताबाटै खेप्दै पनि आएका उनी मधेश आन्दोलनका समयमा सबैभन्दा बढि एमालेलाई उछितो काड्ने नेता मध्येमा पनि पर्छन् ।

तथापि राजनीतिमा आफ्नो पार्टीमा प्रवेश गर्नेलाई सो पार्टीले सुनपानी छर्किने मान्यताले यादव पनि एमालेका चोखिएका कार्यकर्तामा दर्ज भइसकेको एमाले जनले स्वीकारेका छन् । प्रतिस्पर्धीहरु मध्ये यादव यो पटक पनि अब्बल नै रहेको पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुको तर्क छ । जसपा नेपालबाट निर्वाचित यादव पछिल्लो ३ वर्षे प्रतिनिधि सभा सदस्यकालमा वन मन्त्री, स्वास्थ्य मन्त्री हुँदै पछिल्लो समय अशोक राईको जसपाबाट, पुनः खानेपानी मन्त्रीका रुपमा सरकारको वागडोर सम्हाल्ने मन्त्री मध्येका पनि हुन् ।

गएको भदौ २३ र २४ गतेको ध्वंसात्मक आन्दोलन पछि भने उनी पुनः उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल हुँदै निर्वाचनमा मुखमा उमेद्वार बन्ने टिकटसँगै एमाले प्रवेश गरेको अधिकाँश पर्सावासी जानकार छन् । उनी प्रतिपर्धाको कम चर्चामा छैनन् ।

नयाँ अनुहार पुरानाका लागि चुनौति
उदीयमान भनिएका नयाँ दलका उमेद्वारमा रास्वपाका पर्सा सभापति हरि पन्त पनि पुराना दलका कमजोरीको पोका गुजुल्ट्याउँदै मतदाताको मन तान्न खप्पिस रहेको मतदाताको दावी छ । त्यसमा पनि ‘मधेशका बेटा, अबकी बार बालेन सरकार’ भन्ने नारा घन्किएको मधेशमा घन्टी छापका पन्त पनि पर्सा क्षेत्र नम्बर १ मा पुराना भनिएका कांग्रेस, एमालेलाई सहजै अबिर पैरन नदिने ध्याउन्नमा छन् । पर्साको क्षेत्र नम्बर १ को बजार क्षेत्रका अधिकाँस मतदाता कांग्रेसका रुंगटा, रास्वपामा पन्त र एमालेका यादवको प्रतिस्पर्धा नै भाले जुधाईको भीडन्त भएको दावी गर्छन् ।

तर, पर्सा १ मा जनमत पार्टीका ओम प्रकाश सर्राफ, जसपा नेपालका राम नरेश यादवसहित ३० जना उमेद्वार नै मैदान दरिएकाले बाजी मार्ने प्रतिक्षा फागुन २१ प्छि नै निक्र्योल हुने प्रष्ट छ ।

आश्वासनको ठोस प्रतिवद्धता सार्वजनिक गर्ने पराग पहिलो
फागुनको ६ गते काँग्रेसले मधेश प्रदेशको जनकपुरमा पुगेर दलको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । त्यसै गरी फागुन ७ गते बढि चर्चामा रहेका अरु दलहरु एमाले र रास्वपाले पनि निर्वाचन घोषणा पत्र र बाचा पत्र तथा अन्यले पनि प्रतिवद्धता पत्रहरु सार्वजनिक गरी बल्ल फागुन ७ गते पछि प्रायः सबै उमेद्वार व्यवस्थित ढंगले पार्टीको आगामी रणनीति सहित आफ्नो निर्वाचन क्षेत्रमा होमिएका छन् । पर्साको क्षेत्र नम्बर १ मा होमिएका उमेद्वारहरु मध्ये संचारकर्मी सामु पहिले उज्यालो नेपाल पार्टीका तर्फबाट उमेद्वार बनेका रामशिोर सिंह (पराग) ले ४ गते नै पार्टीको ठोस प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । उनी आधिकारिक दस्तावेज सार्वजनिक गर्ने पर्सा १ का पहिलो उमेद्वार पनि बनेका छन् ।

अन्य उमेद्वारले पनि आफ्नै तरिकाले जनता रिझाउने आवश्वासनका दस्तावेजहरु सार्वजनिक गरिरहेका छन् ।

The post पर्सा १ का मतदाता रिझाउन घरदैलोमा उम्मेद्वारहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

निर्वाचन आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

राजधानी समाचारदाता 10 hours ago

राजविराज । नेपाल पत्रकार महासंघका महासिचव एवं प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।

बिहीबार राजविराजमा प्रेस काउन्सिल नेपालद्वारा आयोजना गरिएको निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

“प्रेसको दुरुपयोग जति बढछ उती नै यस क्षेत्रले जनविश्वास गुमाउँदै जान्छ, उनले भने–यस कारण पनि जिम्मेवार पत्रकारिता गर्नु जरुरी छ ।”

मिडिया आफैमा एउटा सशक्त माध्यम भएको भन्दै उनले हाल नयाँ प्रविधिको भईरहेको दुरुपयोग प्रति चिन्ता व्यक्त गर्दै यसतर्फ पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बैद्यनाथ झा र जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले सप्तरीमा आचारसंहिताको अवस्था’bout जानकारी गराएका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका आचारसंहिता अनुगमनकर्ता प्रकाश बस्यालले सातवटै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै यसले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालले आयोजना गरेका कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम विडारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतकाले पत्रकार आचारसंहिताको पालनामा जोड दिनुभयो ।

कार्यक्रममा बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्द, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतमकुमार केसी, उच्च अदालत जनकपुर राजविराज इजलास वार एसोशिएसनका अध्यक्ष हरेराम यादव सहितको उपस्थिति थियो ।

The post निर्वाचन आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नेजपाको फरक शैलीमा चुनावी अभियान

राजधानी समाचारदाता 10 hours ago

राजविराज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातालाई आकर्षण गर्न उम्मेदवारहरुले फरक–फरक शैलीमा चुनावी प्रसारप्रसार गरी रहेका छन् ।

यसैक्रममा नेपाल जनता पार्टीले बिहीबार सप्तरीमा चारवटै निर्वाचन क्षेत्रका आफ्ना उम्मेदवारलाई साधुसन्तबाट आशिर्वाद दिलाउँदै चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन् ।

सदरमुकाम राजविराज स्थित क्याम्पस खेलमैदानमा सयौंको संख्यामा भेला भएका साधुसन्तबाट आशिर्वाद थाप्दै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा फर्कि प्रसारप्रसार अभियान शुरु गरेको पार्टीका जिल्ला प्रवक्ता ललन मंडलले जानकारी दिए ।

हिन्दुवादी संगठनको रुपमा चिनिएका सो पार्टीका उम्मेदवारहरुले हिन्दु घर्म गुरु र साधुसन्तको आशिर्वाद लिदै विधिवत रुपमा चुनावी प्रसारप्रचारमा जुटेको बताएका छन् । उक्त पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा दिपेन्द्र प्रसाद यादव, क्षेत्र नम्बर २ मा

रञ्जु झा ठाकुर, क्षेत्र नम्बर ३ मा डा. सन्तोष चमन यादव र क्षेत्र नम्बर ४ मा कोशल किशोर दास उम्मेदवार छन् ।

कार्यक्रममा पुर्व साँसद एवं नेजपाका महामन्त्री समेत रहेकी रञ्जु झा ठाकुरले धर्मगुरु र साधुसन्तबाट आशिर्वाद लिई सुरुभएको प्रचारप्रसार अभियान अन्तर्गत अन्य माध्यमबाट समेत मतदाता संग जोडिने कार्यक्रमहरु सञ्चालन हुने जानकारी दिईन । सो अवसरमा उनले क्षेत्रको समग्र विकासका लागि आफुहरुले काम गर्ने प्रतिवद्धता सहित मतदातालाई सहयोग गर्न अपिल गरेकी थिईन् । उक्त पार्टीद्वारा जारी गरिएको संकल्पपत्रमा संघीय गणतान्त्रिक सहितको पुर्ण लोकतान्त्रिक हिन्दु सनातन राष्ट्र निर्माण, सबै जातजाती धर्मावलम्वी र क्षेत्रको न्यायोचित समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उत्थान लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

जिल्ला अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष त्रिभुवननाथ पाठक, सचिव जयनाथ यादव, मधेश प्रदेश प्रदेश अध्यक्ष शत्रुघन प्रसाद साह तथा महन्थ मोतीदास बैरागी लगायतले उम्मेदवारको पक्षमा आ–आफ्नो विचार राखेका थिए ।

The post नेजपाको फरक शैलीमा चुनावी अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category