npl.977 Nepal News Stream

#पोखरा विश्वविद्यालय

Contents
Himal Press logo Himal Press

पोखरा विश्वविद्यालयमा प्रधानमन्त्री

Keshav Rana Chhetri 11 hours ago

गण्डकी- प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छन्।

पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१ औँ विशेष सभाको अध्यक्षता गर्नेछन्। सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिस्ट पारित गर्नेछ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै (शुक्रबार) प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ।

Himal Press logo Himal Press

पोखरा विश्वविद्यालयका ६ हजार बढी विद्यार्थी दीक्षित हुँदै

Ramesh Dawadi 14 hours ago

पोखरा- पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना विद्यार्थी आज दीक्षित हुँदै छन्।

पोखरा महानगरपालिका-३० खुदी ढुंगेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र संकायमा उच्च शिक्षा हासिल गरेका उनीहरूलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए।

व्यवस्थापन संकायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि संकायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र संकायबाट १२६ जनालाई उपाधि दिइने छ।

उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ।

स्नातक तहको बीसीए कार्यक्रममा उच्चतम अंक ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ।  शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ।

Explore by Source or Category