npl.977 Nepal News Stream

#न्युज

Contents
Kendrabindu logo Kendrabindu

असन क्षेत्रमा सामाजिक तथा परम्परागत कार्यक्रम सुरु हुँदै, सवारी आवगमनमा कडाइ

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ ।

आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका भन्दै यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम ल्याएको उनले बताए ।

उनको अनुसार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापहरुको प्रदर्शन र प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन हुनेछन् ।

वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लपसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठियार सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा सुरु हुने कार्यक्रम कःमिलाछी (कमलाक्षी)चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ । कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन ।

यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भाँसीको स्थित गणेश मन्दिरबाट महावौद्ध स्तुपातर्फ प्रवेश पाइनेछैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकल समेत प्रवेश रोकिनेछ । त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि प्रवेश पाइने छैन ।

गोसिफबाट इनबहाल, इनबहाल गणेश मन्दिर जान सकिनेछ। गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइनेछैन ।कान्तिपथ तर्फ ज्याठा अन्नपूर्ण स्कूलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ ।

यस्तै यसदिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा सवारी साधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्नेछ । यसरी सञ्चालन गरिने कार्यक्रमले स्थानीयबासीहरुको उद्यमशीलता तथा व्यावसायिक विकास हुने महानगरको विश्वास छ ।

वडा २७ ले सञ्चालन गर्ने कार्यक्रमसँगै वडा २५ क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि वडाले समुदाय स्तरमा छलफल सञ्चालन गरिरहेको छ ।

निःशुल्क वाटर एटीएम मेसिन सञ्चालन

वैशाख ५ गते नै निःशुल्क वाटर एटीएम मेसिन शुभारम्भ हुनेछ । काठमाडौँ महानगरपालिकाभित्र करिब २ करोड ६० लाख रुपियाँको लागतमा ८ वटा वाटर एटीएम बुथ निर्माण भएका छन् । काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटीएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।

काठमाडौँको खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कूल बाहिर, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

Kendrabindu logo Kendrabindu

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने उद्देश्यले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरिएको छ ।

अभियानमार्फत सहभागीहरूले सडकमा भिक्षा संकलन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उच्च शिक्षामा बजेट अभावका कारण सरकारी क्याम्पसहरूको पूर्वाधार कमजोर बन्दै गएको र गुणस्तरीय शिक्षामा पहुँच सीमित भइरहेको बताएका छन् ।

हाल राष्ट्रिय शिक्षा क्षेत्रमा कुल बजेटको करिब १० देखि १५ प्रतिशत मात्र विनियोजन हुने गरेको छ । त्यसमध्ये पनि केवल ८ देखि ११ प्रतिशत बजेट उच्च शिक्षामा खर्च हुने गरेको उनीहरूको भनाइ छ । विकसित र सुदृढ शिक्षा प्रणाली भएका देशहरूले भने शिक्षा बजेटको करिब ५० प्रतिशतसम्म उच्च शिक्षामा लगानी गर्ने उदाहरण प्रस्तुत गरिएको छ ।

अभियानका सहभागीहरूले न्यून बजेटकै कारण सरकारी क्याम्पसहरूमा भौतिक पूर्वाधार, शैक्षिक स्रोतसाधन तथा अनुसन्धानको अवस्था कमजोर रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि तत्काल लगानी बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले उच्च शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई नीतिगत सुधारसहित पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

कार्यक्रमको अन्त्यमा आयोजकहरूले सडकमार्फत उठाएको यो आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र उच्च शिक्षामा लगानी वृद्धि गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइरालाका अनुसार हाम्रा क्याम्पसका थोत्रा भवन, कक्षाकोठा, प्रयोगशाला मर्मत र सुदृढ बनाउन सरकारले ध्यान दिएन, अब हामी आफ्नै भिक्षादानबाट क्याम्पस बनाउन यस्तो अभियान सुरु गरिएको हो ।

Kendrabindu logo Kendrabindu

रेशमलाल चौधरीलाई पक्राउ गर्न लगाउने विष्टलाई ६ महिना कैद सजाय

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार विष्टलाई ६ महिना कैद सजाय तोकेको हो । उनलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।

भुषालकै इजलासले चैत २२ गते विष्टलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेर चौधरीलाई पक्राउ गराएका थिए ।

Explore by Source or Category