काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ ।
काठमाडौँ। बेलायतमा तपाई के गर्नुहुन्छ ? धेरैको बुझाई हुनसक्छ, काम गर्ने अनि कमाउने । तर, दुई दशकदेखि बेलायत (युके) मा बस्दै आएकी पुनम गुरुङका सन्दर्भमा यो बुझाइ विपरीत छ । उनी, यो प्रश्नमा सधैँ एउटै उत्तर दिन्छिन्, “बेलायतमा अरुले कमाउँछन्, म समाज सेवा गर्छु । अरुलाई सहयोग गर्छु, त्यो पनि निःस्वार्थ ।
काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ ।
काठमाडौं । सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा अधिकारकर्मीहरूले प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा नियन्त्रणका लागि समन्वित र तत्काल पहल आवश्यक रहेको बताएका छन् । यस्तो हिंसाले नेपालभरका महिला, बालबालिका तथा किशोरीहरूको जीवन र जीविकोपार्जनमा गम्भीर असर पार्दै गएको उनीहरूको चेतावनी छ ।
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८औँ वार्षिक साधारण सभा आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न भएको छ। साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
काठमाडौं । दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघले न्यूयोर्कस्थित मुख्यालयमा आयोजना गरेको कार्यक्रममा रमेश गुरुदेव र भानु गुरुदेवले ध्यान गराउँदै यसलाई अपनाउन विश्व समुदायलाई आह्वान गरेका छन् ।
काठमाडौं । स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएको भन्दै ध्यान र योगको आवश्यकता झन् बढेको बताएका छन् । आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको उल्लेख गरे ।