npl.977 Nepal News Stream

#निर्वाचन प्रहरी

Himal Press logo Himal Press

जुम्लाको धौलापानीमा जिप दुर्घटनामा घाइते निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

Ramesh Dawadi 12 hours ago

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा बिहीबार जिप दुर्घटनामा परी गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरी नेपालगन्ज लगिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका-२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर-४ का ७० वर्षीय रत्न शाहीलाई समेत थप उपचारका सोही हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ।

सदरमुकाम खलंगा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटना भएको हो।

उक्त दुर्घटनामा सात जना घाइते भएका थिए। प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार अन्य घाइते तिला गाउँपालिका-१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका-४ की २१ वर्षीया माया नेपाली, तिला-२ का २१ वर्षीय पारस रावत, तातोपानी-३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी-२ का जिप चालक लोकेश खड्का र निर्वाचन प्रहरी तिला-२ का टेकेन्द्र रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Explore by Source or Category