npl.977 Nepal News Stream

#नइ प्रज्ञा पुरस्कार

Himal Press logo Himal Press

१२ जना प्राध्यापकलाई नइ प्रज्ञा पुरस्कार

Madhav P. Nepal 12 hours ago

काठमाडौँ- नइ एकेडेमीले नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत १२ जना प्राध्यापकलाई नइ प्रज्ञा पुरस्कार समर्पण गर्ने निर्णय गरेक‍ो छ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको नरेन्द्रराज प्रसाईले जानकारी दिए। यी पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ।

नइ प्रज्ञा पुरस्कारबाट विभूषित गर्न लागिएका प्राध्यापकहरूमा प्रा.डा.महादेव अवस्थी, प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जंगब चौहान, प्रा.डा.भरतकुमार भट्टराई, डा.साधना पन्त ‘प्रतीक्षा, डा.हर्कबहादुर शाही र डा.रजनी काफ्ले ढकाल छन्।

नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको छ। चैत २७,२८ र २९ गते सम्पन्न हुने अवसरमा नइ प्रज्ञा पुरस्कार समर्पण गरिने एकेडेमीले जनाएको छ।

Explore by Source or Category