npl.977 Nepal News Stream

#तनहुँ

Himal Press logo Himal Press

अपांगता भएका झलक डोरीमै बाँधिन बाध्य

Ramesh Dawadi 7 hours ago

तनहुँ- व्यास नगरपालिका-८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक। २६ वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन्।

उनी आफ्नो शरीरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन्। घिस्रिएर अर्को स्थानमा पुग्नुपर्छ। लगाएकै कपडामा सौच हुन्छ। आमा कालिमायाले झलकलाई देखाउँदै भनिन्, ‘देखिहाल्नुभयो, झलकको अवस्था। यसरी बाँधेर राख्न मलाई रहर होला?’

उनका अनुसार झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नु परेको हो। कालिमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ। झलक चार वर्षका हुँदा उनीले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु पर्‍यो।

उनले भनिन्, ‘श्रीमान्ले अकल्पनीय रूपमा सदाका लागि छाडेर जानुभएपछि मैले नै फरक क्षमता (अपांगता) भएको बाबुको हेरचाह गर्दै आएको छु। बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे। आजसम्म आश्वासन र सहानुभूतिमात्र पाएको छु।’

केही समयअघि एक संस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गरायो। तर यो सहायताले पनि कालिमायाको आशामा पूरै उज्यालो थप्न सकेन। उनले भनिन्,‘ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ। अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ।’

कालिमायाको माग धेरै छैन। उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा। बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय। उनले भनिन्,‘जग्गा म आफैँ व्यवस्थापन गर्छु। तर कोठा बनाउन सहयोग चाहिएको हो।’

झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र संगीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिएका छन्।

Explore by Source or Category