भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो।
दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो।
समिरले १७ चौका र ९ छक्का प्रहार गरेका थिए । यो इनिङ्स पाकिस्तानका लागि यु १९मा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर र युवा एकदिवसीय फाइनलमा उच्चतम स्कोर हो।
समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए। समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए।

जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा ५० रन बनायो। तर वैभव सूर्यवंशी १० बलमा २६ रनमा आउट भएपछि भारत दबाबमा पर्यो।
पावरप्लेको अन्त्यसम्म भारतले ५ विकेट गुमाउँदै ६८ रन बनाएको थियो । पाकिस्तानका ४ बलरले विकेट बाँडे। जसमा अली रज़ाले ३ विकेट लिए।
जवाफमा भारत २६.२ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटिएको थियो। दीपेश देवेंद्रनले १६ बलमा ३६ रन बनाए। अन्य कुनै ब्याटर ३० रन पार गर्न सकेनन् ।
The post भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन first appeared on हाम्रो खेलकुद.


