npl.977 Nepal News Stream

#क्रिकेट

Contents
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

पञ्जाबसँग मुम्बई पराजित

Prakash Timalsina 8 hours ago

एजेन्सी – पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ

वानखेडे स्टेडियममा आज भएको खेलमा पञ्जाबले १ सय ९६ रनको लक्ष्य १६.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डि कक ले उत्कृष्ट प्रदर्शन गर्दै अविजित १ सय १२ रन बनाए। उनले ६० बलमा ८ चौका र ६ छक्का प्रहार गरे।

नमन धिरले ३१ बलमा समान ३ छक्का र चौकासहित ५० रन जोडे । तर अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसक्दा टोलीले २०० रन नजिक पुगेर पनि ठूलो लक्ष्य बनाउन सकेन।

कप्तान हार्दिक पाण्डेयले १४ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याटरले आक्रामक प्रदर्शन गरे। पञ्जाबले १६.३ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो ।

प्रभसिमरन सिंह ३९ बलमा ११ चौका र २ छक्काका साथ अविजित ८० रन बनाए । कप्तान श्रेयस अय्यरले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए।

दुवै खेलाडीले मिलेर मुम्बईको बलिङ आक्रमण कमजोर बनाउँदै सहज जित दिलाए। टोलीका प्रियांस अएरले १५, कोपर कोनालले १७ र मार्कोस स्टोइन्सले नटआउट १० रन जोडे।

पञ्जाबका अर्शदीप सिंह ले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले मुम्बईको सुरुवाती ब्याटिङलाई नै दबाबमा पारे ।

डि ककले मुम्बईबाट शतक बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरे। मुम्बई लगातार चौथो खेलमा पराजित भयो। पञ्जाब अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो।

डि ककको शतकका बाबजुद मुम्बई इन्डियन्सले जित निकाल्न सकेन। पञ्जाब किंग्सले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको छ।

The post पञ्जाबसँग मुम्बई पराजित first appeared on हाम्रो खेलकुद.

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

खुशी फेस अफ कर्पोरेट टि टेन

Prakash Timalsina 13 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले आयोजना गर्ने कर्पोरेट टि‌ लिगका लागि महिला राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टि टेन ’ घोषणा गरिएको छ।

सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी खुशीले २०२३ अगष्टमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्।

कुवेतविरुद्धको पहिलो खेलमै उनले पहिलो बलमा विकेट लिँदै विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने चौथो तथा पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।
उनले नेपालबाट १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्।

खुशीले ‘फेस अफ कर्पोरेट टि‌ टेन ’ बन्न पाउँदा आफू उत्साहित र गौरवान्वित भएको बताइन्। यस्ता प्रतियोगिताले महिला खेलाडीलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बनाउन मद्दत पुग्नेछ विश्वास व्यक्त गरिन्।

काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्सका निर्देशक ज्योति भण्डारीले खुशीलाई ‘फेस अफ कर्पोरेट टि‌‌ टेनका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

कर्पोरेट टि टेन लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

The post खुशी फेस अफ कर्पोरेट टि टेन first appeared on हाम्रो खेलकुद.

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

आइपिएलमा मुम्बई र पञ्जाब खेल्दै

Prakash Timalsina 20 hours ago

एजेन्सी – मुम्बई इन्डियन्स र पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज प्रतिस्पर्धा हुँदैछ।

मुम्बईको वानखेडे स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७:४४ बजे सुरु हुनेछ। जारी आइपिएलको २४औँ खेलमा दुवै टोली फरक फरक लयमा मैदान उत्रिँदै छन्।

पञ्जाब अहिले प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको दोस्रो स्थानमा छ । मुम्बई भने खराब फर्मका कारण तालिकाको पुछारबाट दोस्रोमा छ।

मुम्बईका रोहित शर्मा पछिल्लो खेलमा रिटायर्ड हर्ट भएका थिए। उनको ह्यामस्ट्रिङमा समस्या देखिएपछि आजको खेलमा सहभागिता अनिश्चित छ।

यदि रोहित नखेलेमा टोलीको ओपनिङ जोडीमा परिवर्तन गर्नुपर्नेछ। विकल्पका रूपमा क्विन्टन डी कक वा युवा खेलाडीलाई मौका दिन सकिने सम्भावना छ।

पञ्जाबले यो सिजनमा उच्च रनरेट (१० भन्दा माथि) सहित लगातार आक्रामक ब्याटिङ प्रदर्शन गरिरहेको छ। श्रेयस अय्यरको नेतृत्वमा टोलीले विकेट गुमे पनि रन गति कम नगर्ने शैली अपनाएको छ।

अर्कोतर्फ मुम्बई ब्याटिङ र बलिङ दुवैमा संघर्षरत छ र लगातार तीन खेल हारिसकेको छ। वानखेडेमा पछिल्ला खेलहरूमा २ सय २० रन भन्दा माथिको स्कोर बनेको छ। राति ओस पर्ने सम्भावना भएकाले टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने सम्भावना छ।

मुम्बईका सूर्यकुमार यादव, तिलक वर्मा, जसप्रित बुमराह मुख्य खेलाडी हुन्। पञ्जाबमा श्रेयस अय्यर, अर्शदीप सिंह, युजभेन्द्र चहल जस्ता खेलाडी छन्।

तिलक वर्माको फर्म र अर्शदीप सिंहको महँगो बलिङ प्रदर्शन पनि खेलका प्रमुख चर्चाका विषय बनेका छन्।

मुम्बईका लागि ओपनिङ संयोजन, विदेशी खेलाडी छनोट र मध्यक्रमको फर्म मुख्य चुनौती रहनेछ। पञ्जाब भने स्थिर टोली संयोजन र निरन्तर जितको लयमा आत्मविश्वाससहित मैदान उत्रिँदैछ।

आजको खेल एकातर्फ संघर्षरत मुम्बईको पुनरागमनको प्रयास हो भने अर्कोतर्फ अपराजित पञ्जाबको लय कायम राख्ने परीक्षा हुनेछ। रोहित शर्माको फिटनेसले खेलको दिशा निर्धारण गर्न सक्ने अनुमान गरिएको छ।

The post आइपिएलमा मुम्बई र पञ्जाब खेल्दै first appeared on हाम्रो खेलकुद.

Explore by Source or Category