npl.977 Nepal News Stream

#कला

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

८ बुँदा थप्दै चलचित्र सेन्सर नयाँ कार्यविधि लागू

राजधानी समाचारदाता 8 hours ago

काठमाडौं । पञ्चायतकालिन चलचित्र जाँच पास नीतिमा ८ वटा बुँदा थप्दै केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ल्याएको छ ।

चलचित्र जाँच पास समिति कठोर भएको आरोप चलचित्रकर्मीहरूको लगाउँदै आएका थिए । दुई साता अघि यही विषयमा चलचित्रकर्मी र सेन्सरका पदाधिकारीलाई राखेर सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सेन्सर नीतिलाई कार्यविधिको रूपमा परिवर्तन सहित सहज बनाउन निर्देशन दिएका थिए । सोही निर्देशन पछि पुरानो ८ वटा बुँदा थप्दै ‘सेन्सर बोर्डले चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको हो ।

‘हामीले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि पुस २ गतेबाट लागु गरिएको हो,’ सेन्सर बोर्ड सदस्य कुवेर गिरीले राजधानीसँग भने,‘चलचित्र सम्बन्धी राष्ट्रिय सभामा रहेको चलचित्र विधेयक नीतिको रूपमा आएपछि धेरै समास्याहरु हटेर जान्छन् । त्यति बेलासम्मको लागि यो कार्यविधि ल्याइएको हो ।’

सेन्सर बोर्डले चलचित्रकर्मीलाई आफ्नो चलचित्र सेन्सर गर्न सजिलो होस् भनेर स्वयंले जाँच गर्ने (सेल्फ सेन्सर) पद्धतिको समेत विकास गरेको छ । त्यसका लागि बोर्डले एउटा फारमको समेत व्यवस्था गरेको छ । जसबाट चलचित्रकर्मीले आफ्नो चलचित्रको सेन्सरबाट देखिने त्रुटि आफैँले पत्ता लगाएर बोर्ड समितिलाई बुझाउँदा सेन्सर सहज हुने व्यवस्था गरिएको छ । जसका कारण चलचित्रकर्मीले व्यहोर्नु पर्ने विभिन्न झन्झटबाट मुक्त भई सेन्सर बोर्ड र चलचित्रकर्मी दुवैको समय बचत हुने विश्वास पनि आयोजक पक्षद्धारा गरिएको छ ।

‘सेल्फ सेन्सर चलचित्रकर्मीलाई आफ्नो फिल्मको त्रुटि आफैँले पत्ता लगाएर करेक्सन गर्ने एउटा प्रणालीको रूपमा हामीले लिएका छौँ,’ उनले भने, ‘यसले सेन्सर बोर्ड र चलचित्रकर्मीलाई अनावश्यक झन्झट व्यहोर्नु पर्ने अवस्थाबाट मुक्त गर्छ ।’ सेल्फ सेन्सरले चलचित्रकर्मीलाई सेन्सर प्रमाणपत्र लिन समेत सजिलो हुने सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाको भनाइ छ ।

यो नयाँ कार्यविधिलाई बोर्डले आफ्नो वेबसाइटमा समेत शुक्रवारबाट राखिएको छ । सेन्सर बोर्डका अध्यक्ष रानाले चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याइएको बताएका छन् ।

‘सेन्सर बोर्डका प्रक्रियागत जटिलताहरूलाई हटाउन र पुराना त्रुटि सच्याउन हामीले बुँदाहरू परिमार्जन गरेका छौँ,’बोर्ड अध्यक्ष मगरले भने, ‘सेन्सरमाथि प्रश्न चिन्ह उठिरहेको बेलामा प्रक्रियालाई समयसापेक्ष बनाउने प्रयास हो । नयाँ कार्यविधिले चलचित्रकर्मीलाई चलचित्र सेन्सरमा निकै सहज हुने हाम्रो छ ।’

बोर्डले ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०८२’ मा बैठकसम्बन्धी केही विषय परिमार्जन गरिएको छ । पशुपक्षीमाथि गरिएको अनावश्यक निर्दयी पूर्ण जघन्य हिंसा, अश्लीलता वा अस्वाभाविक यौनजन्य क्रियाकलाप, मानव अधिकारको संरक्षण र सम्वद्र्धन, चलचित्रको दृश्य तथा संवादको मनसाय लगायत धेरै बुँदामा परिमार्जन समेत गरेको हो ।

यस्तै बैठकसम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४ मा उपदफा (३)मा चलचित्र जाँच गर्दा विज्ञ सदस्यको पदावधि सकिएको र नयाँ नियुक्त नहुँदा चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले चलचित्र विज्ञ सदस्य आमन्त्रित गरी सेन्सर गर्न सक्ने व्यवस्था गरिएको छ । यसले चलचित्र सेन्सरमा विज्ञको उपस्थिति हुनुपर्ने मागलाई सम्बोधन गरेको बोर्डले जनाएको छ ।

त्यस्तै बोर्डले कार्यविधिको बुँदा नम्बर ४ को ‘इजाजत माग गर्दा र समितिबाट जाँच गर्दा लिइने आधार’ मा भने पुरानो कार्यविधिका २० बुँदामा ८ बुँदा घटाएर १२ बुँदा बनाएको छ । विभिन्न झन्झटिलो र संविधानले संशोधन गरिसकेको बुँदा अहिले हटाइएका हुन् ।

The post ८ बुँदा थप्दै चलचित्र सेन्सर नयाँ कार्यविधि लागू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

प्रज्ञा प्रतिष्ठानको डबलीमा घुम्ती साहित्य महोत्सव

राजधानी समाचारदाता 8 hours ago

काठमाडौं । पछिल्लो समय डिजिटल क्रान्तिका कारण प्रकाशित साहित्यिक कृतिहरू बिक्री हुन छाडेको छ । सोही कारण गत कात्तिकबाट फाइन प्रिन्ट बुक्सले ‘घुम्ती साहित्य महोत्सव फाइन प्रिन्ट फिभर’को आयोजना गर्दै आएको छ ।

यसै क्रममा फाइन प्रिन्ट बुक्सको महोत्सवमा शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगनमा साहित्यको चहल पहल देखिएको थियो । जहाँ एउटा कुनामा पुस्तक विक्री हुँदै थियो भने मुख्य डबलीमा पुस्तक र साहित्य सम्बन्धि बहस चलेको थियो ।

काठमाडौँ संस्करणको ‘घुम्ती साहित्य महोत्सव फाइन प्रिन्ट फिभर’लाई फाइन प्रिन्टले विविध कार्यक्रमको संगम बनायो ।। पछिल्लो समय फाइन प्रिन्टबाट आफ्ना पुस्तकहरू प्रकाशन गरेका कृतिकारहरूले महोत्सवमा आफ्ना कृति लेखन र प्रकाशनको अनुभव साझा गरे ।

गत कात्तिकमा चितवनबाट सुरु भएको यो महोत्सव पोखरा, सुर्खेत, नेपालगन्ज र दाङ हुँदै काठमाडौं आयोजना गरिएको आयोजक पक्षले जानकारी गरायो । यस महोत्सवमा पाठकलाई लेखकसँग प्रत्यक्ष भेट्ने अवसर दिइएको थियो । सो भेटमा पाठकहरूका जिज्ञासा मेट्दै लेखकले आफ्ना पुस्तकमा हस्ताक्षर गरेर पाठकले दिने कार्यक्रम पनि चलेको थियो । सोही कारण कार्यक्रममा पाठकको उपस्थिति पनि राम्रो थियो ।

काठमाडौँको यो महोत्सवमा स्रष्टाहरू सम्राट् उपाध्याय, निलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान, केशव दाहाललगायतले अन्तरक्रिया तथा पुस्तक वार्तामार्फत आफ्ना भनाइहरू राखे ।

सो महोत्सवमा चार वटा सत्र सञ्चालन गरिएको थियो । महोत्सवको पहिलो सत्रमा मदन पुरस्कार प्राप्त कृतिकी लेखिका निलम कार्की ‘निहारिका’ र मोक्ष भूमि लगायतका पुस्तकका लेखक तथा राजनीतिक टिप्पणीकार केशव दाहालले ‘आख्यानमा इतिहास’ विषयमा चर्चा परिचर्चा गरे । इतिहासलाई उठाउँदा त्यसलाई साहित्यिक रंग पनि दिनु पर्ने अनुभव निलमले सुनाइन् । उनले योगमाया पुस्तक लेखनको खुलेर चर्चा गरिन् । सो कार्यक्रममा विषय आख्यानको इतिहास भए पनि उनीहरूले आफ्ना कृति धेरै चर्चा गरेका थिए ।

बेलायतमा पहिलो पटक प्रकाशित ‘ग्राफिक कमिक’ यल्प ! यती ! केयोस इन काठमाडौँकी लेखिका स्नेहा प्रधान दोस्रो सत्रमा प्रस्तुत भइन् । उनीसँग प्रकाशक तथा महोत्सव निर्देशक मोनिता गुरुङले सो पुस्तकमा केन्द्रित भएर संवाद गरिन् । प्रधानले पुस्तक लेखनदेखि प्रकाशनसम्मको यात्रा र पुस्तकका लेख’bout चर्चा गरिन् । आफ्नो पुस्तकलाई विश्वका पठकले रुचाउँदा लेखनमा अझ उर्जा थपिएको प्रधानको कथन थियो ।

तेस्रो सत्रमा मदन पुरस्कार विजेता अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे तथा लेखक–अनुवादक निरञ्जन कुँवरले लेखिका आल्फा शाक्यसँग ‘कस्तो भाषान्तर, कस्तो भावान्तर’ विषयमा छलफल गरे । सेतो धरतीलाई अंग्रेजी रूपान्तरण गरिएको आफ्नो पुस्तक’bout अमर न्यौपानेले सोचेको भन्दै धेरै राम्रोसँग अनुवाद गरेर आफ्नो पुस्तकलाई बजारमा ल्याइएको छ भने ।

यस्तै नयाँ पुस्ताले अंग्रेजी भाषाका पुस्तकहरू खोजी खोजी पढ्न थालेपछि सल्लीपिरलाई अंग्रेजीमा अनुवाद गरेर पुस्तकको रुपमा ल्याएको यसका लेखक नयन राज पाण्डेले कार्यक्रममा बताए । कार्यक्रममा उनले भने,‘रुपान्तरण गर्नेले लेखक र लेख्यको भाव बुझ्यो भने रुपान्तरण राम्रो हुँदो रहेछ भन्ने कुरा रुपान्तरित मेरो पुस्तकबाट मैले महसुस गरेँ ।’

यो महोत्सवको चौथो सत्रमा नेपाली–अमेरिकी लेखक सम्राट उपाध्यायको नयाँ कृती ‘डिस्टोपियन’ माथि बहस गरियो । उक्त सत्रमा अमेरिकाको सोहो प्रेसबाट प्रकाशित उपन्यासको नेपाली संस्करणको विमोचनसमेत गरियो । पुस्तक तयार गर्दाका केही अनुभव लेखक सम्राटले कार्यक्रममा सुनाए ।

फाइन प्रिन्टका लेखक र पुस्तकलाई ‘सेलिब्रेट’ गर्न तथा पुस्तक बजारलाई चलायमान बनाउने उद्देश्यले फाइन प्रिन्ट फिभर आयोजना गरिँदै आएको यसका आयोजक एवम् पुस्तक प्रकाशक नीरज भारीले कार्यक्रममा प्रकाश पारे । महोत्सव आफूहरूले सोचेको भन्दा राम्रो र दर्शकको उल्लेख्य उपस्थित हुन सफल भएको पनि उनले बताए । सो महोत्सव शनिवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म त्यहाँ सञ्चालन भएको थियो ।

फाइन प्रिन्ट फिभरको काठमाडौँ संस्करण समारोहमा विभिन्न शीर्षकका चार पुस्तक समेत विमोचन गरियो । महोत्सवमा विमोचनपछि लेखकहरूसँग पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटसहितको पुस्तक प्रदर्शनी समेत गरिएको थियो ।

प्रकाशक निरज भारीको अनुसार २०८२ सालको फाइन प्रिन्ट फिभर काठमाडौँपछि इटहरी र बिर्तामोड हुँदै पश्चिमतर्फ धनगढी पुगेर समापन हुनेछ ।

The post प्रज्ञा प्रतिष्ठानको डबलीमा घुम्ती साहित्य महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category