एनसेल ग्राहकलाई हिमालयन जाभाको कफी र खाजामा विशेष छुट
काठमाडौँ- एनसेल र हिमालयन जाभा कफीबिच नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष सहकार्यको सुरुवात भएको छ ।
यस साझेदारीअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका हिमालयन जाभा आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ र विभिन्न परिकारहरूमा आकर्षक छुट प्राप्त गर्ने भएका छन् । ग्राहकहरूको व्यावसायिक बैठक, सामाजिक जमघट र व्यक्तिगत समयलाई थप अर्थपूर्ण बनाउने उद्देश्यले यो अफर ल्याइएको हो ।
यस योजनाअनुसार रु. ४९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । साथै, सोही वर्गका ग्राहकले तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यो अफरले कफी प्रेमीहरूलाई आफ्ना साथीभाइ र परिवारसँग समय बिताउन थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।
युवा वर्ग र पर्यटकहरूलाई लक्षित गर्दै एनसेलले विशेष सहुलियतको व्यवस्था गरेको छ । २५ वर्ष वा सोभन्दा कम उमेरका युवा र एनसेल सिम प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गरेको खण्डमा सबै प्रकारका खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् ।

यसबाहेक, रु. ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लानमा रहेका अन्य सबै एनसेल प्रयोगकर्ताले पनि १० प्रतिशत छुटको सुविधा उपभोग गर्न सक्नेछन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो साझेदारीले ग्राहकहरूलाई व्यस्त दैनिकीबाट विश्राम लिई सम्बन्धहरू प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
त्यस्तै, हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले पनि एनसेलसँगको सहकार्यले देशभरका कफी प्रेमीहरूलाई गुणस्तरीय सेवाका साथमा थप सुविधा दिन पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।
यो सुविधा लिनका लागि ग्राहकले कुनै अतिरिक्त दर्ता प्रक्रिया पूरा गर्नु पर्दैन । अर्डर दिने समयमा एनसेल एपको ‘पार्टनर्ड सर्भीसेस’ खण्डमा गएर हिमालयन जाभा कफी छनोट गरी आफ्नो योग्यता देखाउनुपर्ने हुन्छ ।
यसका लागि एपको ‘लाइभ’ स्क्रिन देखाउनु अनिवार्य छ, किनकि स्क्रिनसटलाई मान्यता दिइने छैन । प्याक सक्रिय रहेको अवधिभर ग्राहकले यो सुविधा पटक–पटक लिन सक्ने कम्पनीले जनाएको छ ।