npl.977 Nepal News Stream

#अर्थतन्त्र

Contents
Taksar News logo Taksar News

पुँजीगत लाभकर संकलन झन्डै दोब्बर, आर्थिक गतिविधि सुधारतर्फ

टक्सार न्युज 6 hours ago

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत लाभकर संकलन झन्डै दोब्बर पुगेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब रुपैयाँ संकलन भएको पुँजीगत लाभकर चालु वर्षमा बढेर ४० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यसलाई अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको संकेतका रूपमा लिइएको छ ।

आयका सबै स्रोतलाई करको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यसहित वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २९ अर्ब ३१ करोड रुपैयाँ संकलन भएकोमा २०७८/०७९ मा यो बढेर ३० अर्ब रुपैयाँ पुगेको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा भने पुँजीगत लाभकर संकलन झन्डै आधाले घटेर १६ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको थियो ।

आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार सो अवधिमा पुँजीगत लाभकर संकलनमा आएको ठूलो गिरावटको प्रमुख कारण रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा परेको दबाब रहेको छ ।

विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको र त्यसको प्रत्यक्ष असर पुँजीगत लाभकर संकलनमा परेको प्रतिवेदनमा उल्लेख छ ।

हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै सेयर तथा घरजग्गा कारोबारमा पनि सुधार आएको छ । यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

RONB post logo RONB post

चाँदीको मूल्य हालसम्मकै उच्च

RONB Post 10 hours ago

काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउँदै उकालो लागेको छ । आइतबार सुनको मूल्य सामान्य घटेपनि चाँदीले भने नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ मूल्य १ सय रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो । सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार २ लाख ५८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

The post चाँदीको मूल्य हालसम्मकै उच्च appeared first on RONB post.

Himal Press logo Himal Press

पालिकाहरूलाई समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न सामान्य प्रशासन मन्त्रालयको आग्रह

Kiran Poudel 15 hours ago

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई संघीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ।

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो।

नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणका लागि माघ मसान्तभित्र समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव पेस गर्नुपर्ने समयसीमा रहेको छ। सोही आधारमा मन्त्रालयले ती अनुदान कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि प्रस्तावसहित विवरण तयार पारी पेस गर्न भनिएको हो।

त्यस्तो प्रस्ताव आगामी माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत पेस गर्न मन्त्रालयले आग्रह गरेको छ। बजेट निर्माणका लागि विभिन्न समयसीमा निर्धारण गरिएको छ।

सोही आधारमा माघ मसान्तभित्र समपूरक र विशेष अनुदानका लागि कार्यक्रम र आयोजना प्रस्ताव गर्नुपर्ने हुन्छ। संविधानअनुसार हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन संघीय सरकारका अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने व्यवस्था छ। रासस

Explore by Source or Category