npl.977 Nepal News Stream

#sanimareliancelifeinsurace

Insurance Khabar logo Insurance Khabar

सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

नानु खड्का (निर्जला) 10 hours ago

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो

यस पुनर्जागरण अभियान आज पुस ६ गतेदेखी पुस २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।

संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बीमित र बीमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बीमा अनिवार्य रहेको छ।

ग्राहकवर्गहरुले संस्थाको देशैभरि रहेका शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।

Explore by Source or Category