आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
नानु खड्का (निर्जला)
|
8 hours ago
काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।