सुनको भाउमा सामान्य गिरावट, चाँदीले बनायो नयाँ रेकर्ड
नानु खड्का (निर्जला)
|
12 hours ago
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो।
गत शुक्रबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४१ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।