npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

एआईटीएम कार्निभलमा सहभागी हुनेलाई एनसेलको एकदिने अनलिमिटेड प्याकमा ५०% छुट

Basudev Timalsina 5 hours ago

काठमाडौं। सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार एनसेल एआईटीएम कार्निभल आयोजना गर्न लागिएको छ।

आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुति रहनेछ। उनीहरूको लाइभ कन्सर्टका साथ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधि हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी दर्शकका लागि विभिन्न रमाइला खेल, अन्तर्क्रियात्मक गतिविधि र ग्यारेन्टी पुरस्कारको व्यवस्था छ।

कार्यक्रममा एनसेलको युवा सिमको विषेश स्टल पनि रहने छ। जहाँ आगन्तुकले विषेश सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुट सुविधा पाउनेछन्।

कार्निभलमा एनसेल प्रमुख प्रायोजक छ भने एक्ट्रिम इनर्जी ड्रिङ्क, ईसेवा, जेन्ट्स पार्क र औरालगायत ब्राण्डले सहयोग गरेका छन्।

The post एआईटीएम कार्निभलमा सहभागी हुनेलाई एनसेलको एकदिने अनलिमिटेड प्याकमा ५०% छुट appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category