हरियो तरकारीको मूल्यमा भिन्नता, करेला १८० र घिउ सिमी १३० रुपैयाँ
Ramesh Dawadi
|
16 hours ago
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार केही हरियो तरकारीको मूल्य उच्च देखिएको छ।
तिते करेला प्रतिकिलो १८० रुपैयाँ, घिरौँला १४० रुपैयाँ र लौका १०० रुपैयाँ कायम भएको छ। घिउ सिमी (लोकल र राजमा) १३० रुपैयाँ तथा हाइब्रिड १२० रुपैयाँ तोकिएको छ।
यस्तै, मटरकोसा ५५ रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भिन्डी १२० रुपैयाँ र सलगम ५० रुपैयाँमा कारोबार भइरहेको छ।