npl.977 Nepal News Stream

Sutra News logo

Sutra News

Sutra News - Digital Magzine

फिल्म ‘लालिमा’को दोस्रो पोस्टरमा पनि रोशनीकाे एकल फिचर्ड

सुत्र न्युज | 7 hours ago
काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रवार पोस्टर सार्वजनिक गरेको हो । रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराजले बताए । दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ ।

इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल, पल शाहले गरे उद्घाटन

सुत्र न्युज | 7 hours ago
काठमाडौं । पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको ‘फ्रेन्ड्स सिनेमा’ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रवार एक भव्य समारोहका बिच इलाम नगरपालिका–७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो । नयाँ हलको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती र द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो । आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्न लायक थियो ।

न्युयोर्कमा ‘वर्ल्ड एआई एलायन्स’ स्थापना: नेपाली प्रविधिज्ञ रायले सम्हाले नेतृत्व

सुत्र न्युज | 7 hours ago
काठमाडौं । अमेरिकाको न्युयोर्क सहरमा वर्ल्ड एआई एलायन्सको आधिकारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को ७०औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको संस्थाको नेतृत्व नेपालका उज्ज्वल रायले गरेका छन् । नेपालका प्रख्यात प्रविधि उद्यमी एवं सरकारी सल्लाहकार उज्ज्वल राय वर्ल्ड एआई एलायन्सको संस्थापक अध्यक्ष नियुक्त भएका छन् । यो नियुक्ति सम्पूर्ण नेपाली नागरिक र विश्वभर रहेका नेपाली समुदायका लागि गौरवको विषय हो । क्यान महासंघ का वरिष्ठ उपाध्यक्ष एवं प्रविधि उद्यमी चिरञ्जीवी अधिकारीले यस उपलब्धिलाई नेपाली सूचना प्रविधि क्षेत्रको एउटा ठुलो कोशेढुङ्गाका रूपमा व्याख्या गरे ।

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाइ फायर र ४० सेल अश्रुग्यास प्रहार

सुत्र न्युज | 8 hours ago
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको छ । फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए भने आज बिहान ९ः१५ बजे पुनः सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरूबीच दोहोरो झडप भएको छ ।

पानीको समस्या समाधान गर्न जापानी सहरलाई २१ केजी सुन दान

सुत्र न्युज | 8 hours ago
काठमाडौं । जापानको ओसाका सहरले पुरानो पानी वितरण प्रणाली सुधार्न २१ किलो सुन दान पाएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा ओसाका सहरका मेयर हिदेयुकी योकोयामाले ओसाकाले पुरानो पानी वितरण प्रणाली सुधार्न २१ किलो सुन दान पाएको जानकारी दिएका हुन् । तर, उनले दाताको नाम भने नखुलाएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक केजी तौल भएका सुनका बिस्किटहरूको मूल्य ५६ करोड येन अर्थात् ३६ लाख अमेरिकी डलरजति पर्छ । जापानको तेस्रो ठूलो सहर कान्साई क्षेत्रमा रहेको ओसाकामा करिब ३० लाख मानिसको बसोबास छ । ओसाका एउटा व्यस्त व्यापारिक केन्द्र पनि हो।

प्रजातन्त्र सेनानी गुरुङको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

सुत्र न्युज | 8 hours ago
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको निधन भएको छ । प्रजातन्त्र सेनानी एवम् समाजसेवी गुरुङको १०० वर्षको उमेरमा गएराति निधन भएको हो । यहाँ नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर गुरुङ, एनआरएनए युकेका सल्लाहकार एवम् लमजुङ समाज युकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, लमजुङ जिल्ला नेपाली कांग्रेस दूधपोखरी गाउँपालिकाका उपसभापति गमबहादुर गुरुङका पिता हुन् । प्रजातन्त्र सेनानी एवम् समाजसेवी टेकबहादुरको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् ।

अनियन्त्रित हुँदा यात्रुवाहक बस दुर्घटना

सुत्र न्युज | 8 hours ago
रौतहट । रौतहटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौर–चन्द्रपुर सडकखण्डको गौर नगरपालिका–४ मा भएको करिब ४० जना यात्रु सवार बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्ज, आँखा अस्पताल पुरेनवा, प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको भइरहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनाका समयमा बसमा करिब ४० जना यात्रु सवार थिए । घाइते हुनेहरूमा रौतहट, बारा, मकवानपुर र छिमेकी मुलुक भारतका नागरिक रहेका छन् ।

बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाए यात्रुले

सुत्र न्युज | 9 hours ago
काठमाडौं । बुद्ध एयरको जहाजलाई दुर्घटना हुनबाट यात्रुले बचाएका छन् । सिमराबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको जहाजबाट तेल चुहिएको सूचना यात्रुले दिएपछि सम्भावित दुर्घटना टरेको हो । सिमराबाट काठमाडौं उडान भर्न लागेको ९एन–एआईटी जहाजको देब्रेतिरको पंखाको छेउबाट एयर फ्युल चुहिएको सूचना यात्रुलाई दिएपछि उडान रद्द भएको छ । जहाजमा चढेका यात्रुलाई ओरालिएको र चढ्न लागेका पनि फर्काइएको छ । यात्रुलाई अर्को जहाजमा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

रिलिजको दुई महिनामै ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा (भिडियाेसहित)

सुत्र न्युज | 9 hours ago
काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको सशक्त सन्देश बोकेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ अब युट्युबमा हेर्न सकिने भएको छ। पुस ४ गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्म हलबाट उत्रिएको दुई महिनामै युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे । फिल्म रास्वपाका वरिष्ठ नेता बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएकाे हाे । फिल्मका निर्देशक अर्जुन घिमिरे (पाँडे) हुन्। उनका अनुसार समसामयिक राजनीतिक र सामाजिक परिवेशलाई मध्यनजर गर्दै फिल्मलाई युट्युबमा ल्याउने निर्णय गरिएको हो। “यो चेतना जगाउने फिल्म हो।

फागुन २१ मा निर्वाचन हुन्छ कि हुँदैन ? यस्तो छ अर्थमन्त्री खनालको जवाफ

सुत्र न्युज | 9 hours ago
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी छ । तर, निर्वाचन हुने कि नहुने भन्ने संशय पनि देखिन्छ । राजनीतिक दलहरु चुनावी अभियानमा छन् । निर्वाचन आयोग आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको छ । सोहीअनुसार व्यवस्था गर्न सरकार खटिरहेको देखिन्छ । र पनि निर्वाचन हुँदैन कि भन्ने संशय बाँकी नै देखिन्छ । याे संशयलाई चिर्दै अर्थमन्त्री खनालले अब चुनाव हुँदैन कि भन्ने संशय हटिसकेको बताए । निर्धारित मितिमै निर्वाचन हुने भन्दै उनले चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका हुन् ।

संसद् विघटनविरुद्धको रिटको तारिख चुनावको भोलिपल्ट

सुत्र न्युज | 10 hours ago
काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटको तारिख आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको भोलिपल्टका लागि तोकिएको छ । एमाले, कांग्रेसलगायतले गत मंसिरमा दिएको संसद् विघटनविरुद्धको रिटको तारिख फागुन २२ गतेका लागि तोकिएको छ । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति परेको छ । तर, सर्वोच्च अदालतले चुनावको भोलिपल्ट फागुन २२ गतेका लागि संसद् विघटनविरुद्ध दायर रिटको तारिख दिएको हो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ मात्र भएको छ । फागुन २२ गतेका लागि सर्वोच्च अदालतले रिट निवेदकहरूलाई साधारण तारेखमा बोलाएको हो ।

सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन : मन्त्री खनाल

सुत्र न्युज | 10 hours ago
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा चुकेको स्वीकार गरे । यद्यपी पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखी यस क्षेत्रको नीति ,कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्नु आवश्यकता औल्याए ।

कस्ता विद्यार्थीको अमेरिकी भिसा रद्द हुन्छ ? दूतावासले पार्‍यो स्पष्ट

सुत्र न्युज | 11 hours ago
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अध्ययनका क्रममा अमेरिकामा रहेका विद्यार्थीको भिसा रद्द कुन अवस्थामा हुन्छ भनेर प्रष्ट पारेको छ । शुक्रबार (फागुन ८) दूतावासले सार्वजनिक सूचना निकालेर पढाइ छोड्ने, कक्षाहरूमा अनुपस्थित हुने, विद्यालयलाई जानकारी नदिई आफ्नो शैक्षिक कार्यक्रम त्यागेमा भिसा रद्द हुने जानकारी दिएको हो । साथै यस्ता क्रियाकलाप गर्ने विद्यार्थीलाई भविष्यमा पुनः भिसा पाउन अयोग्य हुन सक्ने सूचनामा उल्लेख छ । यसैगरी, लागुपदार्थको प्रयोग तथा मदिरा सेवन गरी सवारी चलाउने लगायत अमेरिकी कानुनको उल्लङ्घन गरेमा पनि भविष्यमा भिसा पाउने सम्भावनामा असर गर्ने भनिएको छ ।

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

सुत्र न्युज | 12 hours ago
मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् । मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए ।

रास्वपातर्फ उभिए बाबुराम, भने– रास्वपाले अघि सारेका एजेन्डाले आशा पलायो

सुत्र न्युज | 12 hours ago
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईले सबैभन्दा राम्रो घोषणापत्र (बाचा पत्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपाको बाचा पत्रको तारिफ गरेका हुन् । रास्वपाले अन्यले भन्दा अहिलेको मागलाई सम्बोधन गर्न सफल भएको उनको टिप्पणी छ । ‘ठुला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्र/प्रतिबद्धता पत्र/बाचापत्र सर्सर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चाप राम्रै परेको देखिन्छ, परिणामतः विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता बढेको प्रस्ट अनुभूत हुन्छ, यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न बढी सफल देखिन्छ’, उनले भनेका छन् ।

शेखर कोइरालाको प्रतिबद्धता : सुकुम्वासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म

सुत्र न्युज | 12 hours ago
माेरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्वासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्वासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। कोइरालाले आफूले सुकुम्वासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधि स्वयं बस्तीमै आएर स्थानीयका समस्या सुन्ने वातावरण बनाइने बताए। ‘म तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु। आयोगका सदस्यसँग कुरा भएको छ।

न्यूयोर्कमा ‘वर्ल्ड एआई एलायन्स’ स्थापना : उज्ज्वल रायले सम्हाले विश्वव्यापी नेतृत्व

सुत्र न्युज | 13 hours ago
काठमाडौं । प्रविधि जगतमा एउटा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरी, २०२६ मा अमेरिकाको न्युयोर्क सहरमा वर्ल्ड एआई एलायन्सको आधिकारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको ७०औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको यस संस्थाको नेतृत्व नेपालमा जन्मिएका प्रविधि दूरदर्शी उज्ज्वल रायले गरेका छन् । नेपालका प्रख्यात प्रविधि उद्यमी एवं सरकारी सल्लाहकार उज्ज्वल राय वल्र्ड एआई एलायन्सको संस्थापक अध्यक्ष नियुक्त भएका हुन् । यो नियुक्ति सम्पूर्ण नेपाली नागरिक र विश्वभर रहेका नेपाली समुदायका लागि गौरवको विषय हो ।

Explore news by Category